चितवन, १५ असोज – रत्ननगर नगरपालिकाले २८ औं अन्र्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाएको छ । नगर भित्रै रहेको सवैभन्दा वढि उमेर भएका एक वृद्ध र एक वृद्धालाई सम्मानसंगै उनीहरुको अनुभव आदानप्रदान गर्दै नगरपालिकाले दिवस मनाएको हो ।
रत्ननगर नगरपालिका महिला तथा वालवालिका शाखाले आयोजना गरेको सो कार्यक्रममा एक सय ११ वर्षिया गंगादेवी भट्टराई र १ सय ३ वर्षिय देवीप्रसाद घिमिरेलाई सम्मान गरिएको थियो ।
नगर प्रमुख नारायण वनले भट्टराई र घिमिरेलाई दोसल्ला ओढाई सम्मान गरे । सहभागी अन्य करिव ५० जना वृद्धवृद्धालाई खाजा खुवाईएको थियो । सो अवसरमा नगर प्रमुख वनले जेष्ठ नागरीकका अनुभवलाई नयाँ पिढिले शिक्षाको रुपमा लिनु पर्ने वताए ।
नगर प्रमुख वनले जेष्ठ नागरीकको सम्मान गर्दै नगरपालिकाले घरघरमा जेष्ठ नागरीको स्वास्थ्य परिक्षण सुरु गरिएको र लगत्तै जेष्ठ नागरीकका अनुभव युवा पुस्तालाई आदान प्रदान गर्ने उदेश्यले कार्यक्रम संचालन गर्न लागिएको जानकारी दिए ।
कार्यक्रममा उपमेयर विमला दुवाडी,प्रमुख प्रशासकीय अधिकृत बाबुलाल रेग्मी,वडा नं १६ का वडा अध्यक्ष हेमराज थापा,जेष्ठ नागरिकहरु काशिकादेवी अधिकारी,मोतिलाल धमला लगायतले मन्तव्य राखेका थिए । महिला तथा वालवालिका शाखा प्रमुख शुशीला वाग्लेले कार्यक्रमको उद्देश्यका वारेमा प्रकाश पारेकी थिइन ।