काठमाडौं, असोज १६ । आन्तरिक एकीकरणको प्रक्रियामा रहेको नेपाल कम्युनिस्ट पार्टीमा पूर्व एमाले खेमाभित्र आरोप प्रत्यारोप चुलिएको छ। पार्टीको आन्तरिक एकता प्रक्रियामा असन्तुष्ट नेता माधव नेपालले संसद बैठकमा आफ्नै पार्टीले नेतृत्व गरेको सरकारको आलोचना गरेपछि सुरु भएको घोचपेच राजनीतिमा दोस्रो तहका नेतासमेत जोडिन पुगेका छन्।संसद् बैठकमा नेता नेपालले सरकारको काम सन्तोषजनक नभएको टिप्पणी गर्दै देश डुब्न लागेको बताएका थिए।  त्यसको जवाफमा संयुक्त राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिका पुगेका प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले आफू फर्केर आएपछि सबै समस्या ठीक हुने बताएका थिए। घोचपेचको यही श्रृंखलामा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल पनि जोडिए।

उनले पनि नेता नेपाललाई लक्ष्य गरी ट्वीट गरे, ‘मानिसको पतन त्यस समय सुरु हुन्छ, जब आफ्नैलाइै ढाल्न पराइसँग सल्लाह लिन सुरु गरिन्छ।’ असोज १२ को रिमालको ट्वीटसँगै भोलिपल्ट ट्वीट गरे, ‘सत्ता र शक्तिको चुचुरोबाट हेर्दा अरु पतन भएको देख्दा रहेद्धन्। कठै दोषी चस्मा! नेकपाभित्र शीर्ष तहका नेताबीच घोचपेच चलिरहँदा पछिल्लो पुस्ताले त्यसलाई पछ्याउन नहुने विचार राख्ने नेताहरू पनि छन्।

प्रतिक्रिया दिनुहोस !