चितवन १८, असोज । पूर्वी चितवनको पर्सा बजारमा ट्रकको ठक्करवाट एकजनाको घटना स्थलमै मृत्युभएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका १ बस्ने अन्दाजी ३८ वर्षका सउना चौधरी रहेका छन् ।

भने मोटरसाइकलमै सवार उनको श्रीमती जेनी चौधरी घाइते छन्। बिहीबार दिउँसो मोटरसाइकललाई ठक्कर दिँदा चौधरीको मृत्यु भएपछि आक्रोशित सर्वसाधारणले ट्रकमा आगजनी गरेका छन् ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ५ ख ९८६१ नम्बरको मालबाहक ट्रकले ना. २८ प. ७७३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

मोटरसाइकलमा सवार अन्दाजी चौधरीको शरीर क्षतिविक्षत बनेको छ । ट्रक चालकको लापरवाहीले मोटरसाईकल चालकको मृत्युभएको भन्दै स्थानीयले ट्रकमा आगजानी समेत गरेका छन्  । भिडियो सौजन्य : सौराहा अनलाईन टिभि 

प्रतिक्रिया दिनुहोस !