एजेन्सी : धेरै मानिस मोबाइलबाट इन्टरनेट चलाउँदा थाहै नपाई पैसा सकिएर हैरान हुने गर्छन् । तर, यसलाई रोक्ने केही उपाय पनि छन् । यसरी मोबाइल चलाउनेले सामान्य टिप्स कार्यान्वयन गरे बेकाममा धेरै पैसा खर्च हुँदैन ।

सकेसम्म कम खर्चमै इन्टरनेट चलाउने तरिका यस्ता छन् :

– यदि तपाईं मोबाइलबाटै अनलाइन समाचारदेखि लिएर लामा कथा वा सामग्री पढ्नुहुन्छ भने पेज खुलेपछि मोबाइलको सर्टकर्ट बटममा गएर डाटा अफ् गर्नुहोस् । त्यसो हुँदा डाटा अफ् भए पनि पढ्न समस्या हुँदैन ।

– धेरेले ख्याल नगरेको करो यो हो कि, मोबाइलको एप अटोमेटिक अपडेट हुने सेटिङलाई मिलाउनुपर्छ । यसमा तपाईंले वाइफाई हुँदा मात्रै अपडेट हुने गरी मिलाउनुपर्छ ।

– सामान्यतः डाटा लिमिट सेट राम्रो हुन्छ । यसले स्वचालित रूपमा मोबाइलको डाटा जोगाउँछ । एकैपटक धेरै डाटा लिनुभयो भने असावधानीबस् सबै डाटा चाँडै सकिन सक्छ ।

– अर्को महत्त्वपूर्ण कुरा भनेको ब्याडग्राउन्ड डाटा अफ् गर्नुपर्छ । मोबाइलको एप डाटा युजमा गएर ‘रेस्ट्रिक्ट एप ब्याग्राउन्ड डाटा’ सेट गर्दा यो सफल हुन्छ ।

– डाटा जोगाउने भए अफ्लाइन नेभिगेसन प्रयोग गर्नु राम्रो होइन । अफ्लाइनमै युट्युबमा भिडियो हेर्नदेखि गीत सुन्न पनि सकिन्छ ।

– मोबाइल सेवाप्रदायकको रेगुलर डाटाभन्दा पनि डाटा प्याकमा आधारित सेवा लिनु राम्रो हुन्छ । यसो हुँदा कम मूल्यमा बढी डाटा किन्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस !