
धनगढी- विजया दशमी २०७५ को अवसरमा धनगढी उपमहानगरपालिका वडा नं.१३ मा फुटवल प्रतियोगिता शुरु भएको छ । जनसेवा यूवा क्लव र वडा नंं. १३ को सँयुक्त आयोजनामा आज श्रीलंकाको फुटवल मैदानमा सो प्रतियोगिता शुरु भएको हो । प्रतियोगितालाई उद्घाटन गर्दै वडा नं. १३ का वडा अध्यक्ष बिजयराज जोशीले खेलको विकास भएमात्र राष्ट्रको विकास हुने बताए ।
उनले खेलकुदको माध्यमबाट युवाहरुको शारीरिक, मानशिक र बौद्धिक क्षमताको विकास हुने भएकोले खेलको प्रबद्र्धन सम्बद्र्धन गर्न आफू कटिबद्ध भएर लाग्ने बताए । राष्ट्रको पहिचान खेल क्षेत्र भएको बताउँदै उनले भने सबैले खेल क्षेत्रको विकासका लागि लाग्नु पर्ने आवश्यक छ । प्रतियोगितामा कैलाली, कञ्चनपुर क्षेत्रबाट २८ टिमले सहभागिता जनाएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमलाई ३० हजार, द्वितीयलाई २० हजार पुरस्कार घोषणा गरिएको छ भने उत्कृष्ट किपर, पिलियरलाई जनही रु २ हजारका दरले पुरस्कार घोषणा गरिएको वडा अध्यक्ष जोशीले जानकारी दिए ।