-सन्तोष क्षत्री –
दोहा, कतार

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको निर्माणधिन भवनको लागी आर्थिक सहयोगार्थ कतार शाखाको आयोजनामा बिजया दशमी तथा सुभ दिपावलीको सुभकामना आदानप्रदान सहितको विविध संस्कृति कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रतिष्ठानका केन्द्रिय अध्यक्ष बद्री पङ्गेनीले नेपालको पुर्ब देखि पश्चिम र हिमाल देखि तराई सम्मका लोक संस्कृतिको संरक्षणको लागि भवन निमार्ण गर्न लागीएको बताए । अध्यक्ष पङ्गेनीले विभिन्न भुभाग, भाषाभासी र भूगोलमा छरिएर रहेको मैलिक लोक संस्कृतिका बाजा देखि कलाकार सम्मको अभिलेख तथा संग्रहालय रहने गरि महत्त्वपूर्ण योजना सहित आफुहरु लागेको भन्दै सबैलाई सहयोगको लागि आह्वान गरे । आफ्नै कार्यकालमा भवन निर्माण गरि सक्ने लक्ष्य रहेको भन्दै अध्यक्ष पङ्गेनीले नेपालीले बिदेशमा रहेर पनि मातृभुमिमा आइपर्ने हरेक दुख सुखमा निरन्तर साथ दिदै आएको भन्दै प्रतिस्ठानको भवन निर्माणमा पनि सहयोग प्रदान गर्न आग्रह गरे ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल कतार शाखा अध्यक्ष कृष्ण बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एनआरएनए आइसिसी मध्यपुर्व संयोजक आर के शर्मा, एनआरएनए आइसिसी सदस्य बिमल सुबेदी, प्रवासी नेपाली मन्चका अध्यक्ष चानक पोख्रेल,नेपाली जनसम्पर्क समितीका महामन्त्री मोहमद अजिज अलि,नेपाली जनप्रगतिशील मन्च कतार पाँचौ महाधिवेशन आयोजक समितिका उप-संयोजक राजु डुम्रे, एनआरएनए एनसिसि कतारका महासचिव बुधवल गुरुङ, नेपाल पत्रकार महासङ्घ कतार शाखाका अध्यक्ष करिम बक्स मिया, सम्पुर्ण सामाजिक संघसंस्थाको तर्फबाट पर्वत युवा सेवा समाजका अध्यक्ष चिन्तामणी पौडेल, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कतार शाखाका प्रमुख सल्लाहकार दुर्गा पङ्गेनी, सल्लाहकार ईश्वर पोख्रेल, अन्तरास्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टरका अध्यक्ष प्रेम प्रसाद भट्टराई, नारायण समाजसेवी लगाएतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा सहभागीलाई स्वागत गर्दै कार्यक्रम संयोजक शक्ति क्षत्रीले “हाम्रो अभियान लोक संस्कृतिको संरक्षण ,श्रष्टाको सम्मान र नव प्रतिभाको प्रोत्साहन “ भन्ने मूल नाराका साथ स्थापित संस्थाले आफ्नै भवन निर्माण गर्ने पवित्र उदेश्यले कार्यक्रम आयोजना गरेकोले सहयोगको लागि आग्रह गरे ।

कार्यक्रमको प्रमुख आकर्षण समेत रहेका चर्चित लोक तथा दोहोरी गायक बद्री पङ्गेनी र गायिका तुलसा जिसि क्षत्रीको लाइभ दोहोरीमा दर्शक झुमेका थिए । कार्यक्रममा नेपाल बाट आएकी मोड्ल रोजि बस्नेत संगै रित कुमार श्रेष्ठ, लेखनाथ रिमाल, पुष्पा लिम्बु, सपना थापा, दिपेन्द्र सुनार लगाएतका कलाकारको प्रस्तुति रहेको थियो । साथै प्रदेशिएका हरुको बास्त्विकता बोकेर पछिल्लो समय चर्चित बनेको गित “बोल माया´´ मा आधारित कलाकारको अभिनयले दर्शक दिर्घामा सन्नटा छाएको थियो । कार्यक्रमको संचालन राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल कतार शाखा सचीव रित कुमार श्रेष्ठ र सचिवालय सदस्य तिलुशर्मा पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !