गोरखा, २२ असोज । गोरखा जिल्ला पालुङंटार ९ स्थित खारखोलामा ट्रायल व्रिज निर्माण भए पछि स्थानीयलाई आवतजावतमा सहजता भएको छ । पालुङ्टार नगरपालिका र स्थानीय उपभोत्ता समितिको संयुक्त पहलमा उक्त पुल निर्माण भए पछि अहिले स्थानीयले खुसि व्यक्त गरेका छन् । वर्षाको समयमा उक्त खोला वारपार गर्न निकै समस्या भएका कारण विद्यार्थीहरुको समस्या समेतलाइ ध्यान दिएर उक्त पुल निर्माण गरिएको पालुङ्टार नगरपालिकाका प्रमुख ई. दिपकवावु कंडेलले जानकारी दिनु भयो ।
यस्ता ट्रायल व्रिज आवस्यकता अनुसार अन्य स्थानमा पनि निर्माण गरिने जानकारी दिँदै उहाले नमुना नगरपालिका निर्माणको लागि भौतिक पुर्वाधार निर्माणको आफ्नो प्राथमिकता रहेको वताउनु भयो । उक्त पुलले पालुङ्टार ९ स्थित धर्मोदय माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई विद्यालय आवतजावत गर्न सहज वनाएको वताउँदै पालुङ्टार ९ का वडा अध्यक्ष भेषराज पाण्डेले आगामी दिनमा वर्षातको समयमा खोला तर्न नसकेर विद्यार्थीहरु विद्यालय जान नपाउने समस्या नआउने वताउनु भयो ।
१५ मिटर लामो उक्त पुल निर्माणको लागि नगरपालिकाले ५ लाख रुपैया खर्च गरेको र उपभोक्ता समितिले १ लाख रुपैया वरावरको श्रमदान गरेको नगरपालिकाका ईन्जिनियर अनुप देवकोटाले जानकारी दिनुभयो । पुल सुरक्षाको लागि पुल नजिक खोलाको दुई किनारामा ग्याविन र वायो इन्जिनियरिङ गर्नु पर्ने देवकोटाले वताउनु भयो ।