
नेपालीहरुको महान् पर्व दशैँ निजकिदै छ । यो अवसरमा विभिन्न सर्जकहरुले दशैँ सम्बन्धित गीतहरु स्रोतादर्शकमाझ ल्याइरहेका छन् । यही मेसोमा सुन्दर आरडीको लय, शब्द तथा स्वरमा ‘घर सम्झेर आउनुस् पियार…’ सार्वजनिक भएको छ । सुन्दरलाई बर्षा सिलवालले साथ दिएकी छन् स्वरमा ।
प्रतिभा म्युजिक प्रा.लि.को प्रस्तुतिमा रहेको गीतको भिडियो सार्वजनिक भएको हो । कमल सौरागले एरेन्ज गरेको गीतको भिडियोलाई सुरेन सुजनले निर्देशन गरेका हुन् ।
गीतको भिडियोमा सुन्दर आर.डी., इश्वरी सेन्चुरी, दिनेश श्रेष्ठ र सुजा देउजाको अभिनय रहेको । गीतको भिडियोलाई दीपेन्द्र भट्टले छायांकन तथा सम्पादन गरेका छन ।