नुवाकोट, २२ असोज – जिल्लामा दुई छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा दुई चालकको मृत्यु भएको छ ।
बेलकोटगढी नगरपालिका–७ स्थित गल्छी–देवीघाट सडक खण्डको खाल्टेमा करेण्ट लागेर लिखु गाउँंपालिका – १ बराफेदी घर भएका ३३ वर्षीय ट्रक चालक भरत ढुङ्गानाको मृत्यु भएको होे । पृथ्वी राजमार्गको गल्छीबाट नुवाकोटको त्रिशूलीतर्फ फलामको बाकस बोकेर आउँदै गरेको ना ३ ख ४७६८ नंको ट्रकलाई बिजुलीको तारले छुन लागेपछि ट्रकमाथि छतमा गई तार पन्छाउने क्रममा करेन्ट लागेर चालक ढुंगानाको मृत्यु भएको प्रहरी उपरिक्षक वसन्तबहादुर कुंँवरले जानकारी दिनुभयो ।
यस्तै लिखु गाउँपालिका–६ छहरेमा ना ६ त ८४५५ नम्ब्रको ट्रयाक्टर दुर्घटना हुँदा ट्रयाक्टरका चालक पर्सा वीरजञ्जका ३८ वर्षीय धर्मराज थारुको मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार बालुवा खसाल्ने क्रममा सडकबाट ५० मिटर तल खसेर भएको दुर्घटनामा गम्भीर घाइते भएको चालक थारुको राजधानीको ग्रीनसिटी अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

–––(रासस

प्रतिक्रिया दिनुहोस !