चितवन, २३ असोज । पूर्वी चितवनको रत्ननगर जमुनापुरमा आखाँ शिविरबाट २ सय ६० जना स्थानियहरु लाभान्वीत भएका छन् ।
जमुनापुर हेल्प सोसाईटी चितवन र भरतपुर आखाँ अस्पतालको संयुक्त आयोजनामा सम्पन्न शिविर ति स्थानियहरु लाभान्वीत भएका हुन् ।
साथै सोही अवसरमा आखाँमा १९ जनामा मोतिया विन्दुको समस्या देखिएकोले थप उपचार गर्न भरतपुर अस्पतालमा लगिएको सोसाईटीका अध्यक्ष रवीन्द्रजंग थापाले जानकारी दिए ।
विगत लामो समयदेखि सोसाईटीले यस क्षेत्रमा विभिन्न सामाजिक कार्य गर्दै आएको छ । भने यस पटकको आखाँ शिविरमा सामुदायिक सहयोग केन्द्र बछौली र पदमपुर बेलफेयर सेन्टरले सहयोग गरेका थिए ।

यसैविच सोही अवसरमा सोसाईटीको गत बर्ष देखि निर्माणधिन भवन निर्माणका लागि फेरि जर्मनी नागरिक क्रिष्टा थापाले ८ हजार ३ सय २० युरो सहयोग हस्तान्तरण गरेका थिए ।
३ करोडको लागतमा विभिन्न तालिम हल, प्रथामिक उपचार केन्द्रसहित भवन ६० लाख रुपैयाँबाट निर्माण सुरु गरिएकोमा बाकीँ रकम अपुग भएपछि फेरि क्रिष्टाले सहयोग गरेकी हुन् ।
जर्मनीमा विभिन्न कार्यक्रम गरि उनले जमुनापुर सोसाईटीको भवन निर्माणलाई सहयोग जुटाउदै आएकी छिन् ।
सोसाईटीले निकै राम्रो काम गरेको भन्दै कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी क्रिष्टाले फेरि जर्मनीका ठुला कम्पनीहरुसगँ सहकार्य गरेर सहयोग जुटाई ल्याउने प्रतिवद्धा जनाईन् ।

भने कार्यक्रममा नै राष्ट्रिय प्रथामिक विद्यालय जमुनापुरका विद्यार्थीहरु विविध लत्ताकपडा समेत सहयोग गरेकी थिईन् ।
संस्थाका सचिव विनोद अधिकारीले प्रगती भवन निर्माणको प्रगति समेत पेश गरेको कार्यक्रममा वडा १२ का वडा अध्यक्ष वीरबहादुर तामाङ्ग, दिपेन्द्र खरेल, शिवराम केसी लगायतले शुभकामना दिएका थिए ।
ग्त क्रिष्टाकै पहलमा ल्याईएको सहयोगबाट भवन निमार्ण कार्य थालिएको थियो ।
स्थानिय विपन्न समुदायहरुको हकहितका लागि स्वास्थ्य र आयआर्जनमा सहयोग गर्न सोसाईटी स्थापना गरि गरि विभिन्न काम गरेको अध्यक्ष थापाले कार्यक्रममा स्पष्ट पारेका थिए ।

प्रतिक्रिया दिनुहोस !