– टंक कुवँर –
धनगढी – विजया दशमी २०७५ को अवसरमा धनगढी उपमहानगरपालिका वडा नं.१३ ले प्रथम वडा स्तरीय भेट्रान्स पुरुष भलिबल प्रतियोगिता शुरु गरेको छ । बिहीबार धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृप बहादुर ओडले पानसमा बत्ती बालेर प्रतियोगिताको उद्घाटन गरेका हुन् । ओडले खेलको माध्यमबाट समाजको विकास हुने बताउँदै यसको संरक्षण र सम्बद्र्धन गर्नु अहिलेको आवश्यकता हो ।
नगर प्रमुख ओडले खेल क्षेत्रका लागि उपमहानगरपालिकाले सहयोग गर्ने समेत बताए । उनले खेल क्षेत्रको विकास भए मात्र राष्ट्रको विकास हुने बताउँदै यसले युवाहरुको शारीरिक तथा मानसिक क्षमतामा पनि विकास हुने बताए ।

बिहीबारबाट शुरु भएको प्रतियोगितामा ३ टिमको खेल सम्पन्न भएको वडा नं. १३ का वडाअध्यक्ष बिजयराज जोशीले जानकारी दिए । पहिलो खेल वडा नं. ६ र ८ को र दोस्रो खेल वडा नं. १० र ११ र तेस्रो खेल वडा नं. १५ र १३ को भएको थियो ।
जसमध्ये पहिलो खेलमा वडा नं. ८,दोस्रोमा वडा नं. ११ र तेस्रोमा वडा नं. १५ ले बिजय हासिल गरेको वडा अध्यक्ष जोशीले बताए । बिहीबार देखि २७ गतेसम्म चल्ने सो प्रतियोगितामा ३० वर्षभन्दा माथिका उमेर समूहका पुरुषहरुले भाग लिएका छन् ।
प्रतियोगितामा ११ टिमले नाम दर्ता गराएको छ । भने शुक्रबार पहिलो खेल वडा नं. ५ र ८ दोस्रो वडा नंं ११ र ४ तेस्रोमा वडा नं. १३ र १ चौथोमा वडा नं. १५ र १९ को खेल हुने जोशीले बताए ।

प्रतियोगितामा प्रथम हुने टिमलाई २५ हजार, द्वितीयलाई १५ हजार पुरस्कार घोषणा गरिएको छ भने उत्कृष्ट खेलाडीलाई ५ हजार र उत्कृष्ट सटर, उत्कृष्ट डिफेन्सर, उत्कृष्ट रेजरलाई जनही २ हजारका दरले पुरस्कार दिने वडा अध्यक्ष जोशीले जानकारी दिए ।

उनले भलिवल प्रतियोगितामा लामो समयसम्म योगदान गरेका पूर्व राष्ट्रिय खेलाडीलाई पनि सम्मान गरिने बताए । खेल अवधिभर खेलाडीका लागि प्राथमिक उपचार, ग्लुकोज पानीको ब्यवस्था गरिनुका साथै सम्पूर्ण सहभागी खेलाडीका लागि १ पटक खानासमेत रहेको आयोजकले जनाएको छ । यो वर्ष प्रतियोगिता सफल भए हरेक वर्ष प्रतियोगिता शुरु गरिने अध्यक्ष जोशीले जानकारी दिए । प्रतियोगितामा पूर्व भलिवल खेलाडी प्रेमराज जोशीले प्रतियोगिताको राष्ट्रिय निर्णायक (रेफ्री) भागिराम बखरिया, बिष्णु बहादुर चौधरी, श्यामलाल राना, घुमन रानाले गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस !