नेपालगञ्ज, २५ असोज – प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको टोलीले बाँकेस्थित राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ । नहर परीक्षणका क्रममा पटक–पटक भत्किएपछि समितिका सभापति पूर्णाकुमारी सुवेदी नेतृत्वको टोलीले हिजो र आज गरी दुई दिन सिक्टा सिँचाइ आयोजनाको मूलबाँध तथा मूलनहरको स्थलगत अनुगमन गरी जानकारी लिएको छ ।
टोलीले स्थानीयसँगसमेत अन्तरक्रिया गरेको छ । सिक्टा सिँचाइ आयोजनाको स्थलगत निरीक्षण सम्पन्न गरीे टोलीले सुर्खेतमा निर्माणाधीन भेरी–बबई डाइभर्सनको निर्माण कार्यको बारेमा जानकारी लिन त्यसतर्पm जान लागेकोे सभापति सुवेदीले बताउनुभयो ।
टोलीमा सांसद सत्यनारायण शर्मा खनाल, राजबहादुर बुढा क्षेत्री, शान्तिमाया तामाङ पाख्रीन र शान्ता चौधरी हुनुहुन्छ । सिक्टा आयोजनाको अनुगमनमा टोलीसँगै बाँकेका सांसद महेश्वर गहतराज, पूर्वसांसद देवराज भार, प्रदेशसभा सदस्य आईपी खरेल र कृष्णा केसीलगायत सहभागी हुनुहुन्थ्यो ।