राजेश रुम्बा तामाङ्ग
चितवन, २६ असोज । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले दुई ठुला देश विचको व्यापारीक सम्बन्ध बनाउन ठोरी भण्डारा, गल्छी हुदै रसुवागढी नाका जोडिने दावी गरेका छन् ।

देशले द्रुत गतिमा विसकास गर्ने लक्ष्यसहित अगाडी बढेको छ उनले भने, अबको आफ्नो योजना ठोरी भण्डारा गल्छी हुँदै रसुवागढी जोड्ने रहेकाछ ।

पूर्वी चितवन राप्ती नगरपालिका वडा न ८ को नयाँ कार्यालय भवन समुद्धघाटन गर्दै पाण्डेले अन्तराष्टियस्तरमा व्यवसायिक प्रतिस्पर्धा गराउने आफु मन्त्री हुदाँ पहल कदमी थालेको स्पष्ट पादै ठोरी भण्डारा हुदै रसुवागढी नाकाले नयाँ प्रारुप दिने बताए ।
यो नाकाका लागि यदिवेला भण्डारादेखि मेलुखसम्मको झण्डै १२ किलोमिटरसम्म पिच गर्न काम सकिन लागेको बताउदै यो सडक खण्डले नेपालको व्यापारमा फरक पहिचान दिने जिकिर समेत गरे ।

आफुले सुरु गरेपनि यो सडकखण्डका लागि अझै ७० अर्ब बजेट लाग्ने भन्दै यसको लागि लगानीकर्ताको खोजी भईरहेको समेत जानकारी दिए ।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नं. ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले कृषिको उर्वर भूमि यो सडक क्षेत्रमा पर्ने हुदाँ सडक बनेपछि कृषिको समेत विकास हुने बताए ।
कार्यक्रममा राप्तीकी मेयर प्रभा बराल , उपमेयर इमान सिंह लामा विशिष्ट अतिथि रहेका थिए । भने कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मिठुराम हुमगाई लगायतले ठोरी, भण्डारा रसुवागढी नाका छिटो भन्दा छिटो सम्पन्न गर्न सबै क्षेत्रले पहला गर्नुपर्ने बताए ।
राप्ती नगरपालिकाका वडा न ८ का वडा अध्यक्ष बुद्धिराज थपलियाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस !