एजेन्सी । यौन सम्बन्ध मानिसको जीवनको महत्वपूर्ण पक्ष हो । प्राय मानिसहरुले यौन सम्बन्ध राख्ने समय खासै ख्याल गरेका हुदैनन् । धेरैले रातको समयमा यौन सम्बन्ध स्थापित गर्दछन् । तर पछिल्लो समयमा एक अध्ययनले बिहानपख राखिने यौन सम्बन्ध प्रभाबकारी हुने निष्कर्ष निकालेको छ ।

बेल्फास्टको क्विन विश्वविद्यालयले गरेको एक अध्ययनले दाबी गरे अनुसार जुन दम्पतीले हप्तामा तीन पटक बिहानको समयमा यौन सम्बन्ध राख्दछन् उनीहरु शारीरिक तथा मानसिक रोग लाग्नबाट धेरै मात्रामा बच्न सफल हुन्छन् ।

बिहानको यौन सम्बन्धका के-के हुन फाईदा ?

– नियमित रुपमा बिहान मात्रै यौन सम्बन्ध राख्नाले रक्त संचारमा सुधार आउनुको साथै उच्च रक्तचापमा कमी आउँछ ।

– बिहानको यौन सम्बन्धले टाउकोको एउटा भागतिर मात्र कडा पीडा हुने (माईग्रेन) रोग निको गर्नमा ठूलो मद्दत गर्छ ।

– यौन सम्बन्ध सबैभन्दा उत्तम व्यायाम हो । यो प्रक्रियामा झण्डै तीन सय क्यालोरी शक्ति खपत हुन्छ । यो व्यायामले गर्दा शरीरको तौलमा नियन्त्रण राख्नुको साथै ती जोडीलाई मधुमेह रोग लाग्ने खतरा हुँदैन । अझ यो बिहानको समयमा खास महत्व राख्दछ ।

– यौन प्रक्रियाले कपाललाई बलियो र चमकदार बनाउनका साथै यौन प्रक्रियामा उत्पन्न हुने हार्मोन इस्ट्रोजन तथा अर्को हार्मोनले अनुहारमा चमक तथा निखार ल्याउँछ ।

– यौन सम्बन्धको बेलामा शरीरमा उत्पन्न हुने हार्मोन टेक्टोस्टेरोनले हड्डी तथा मांसपेशीलाई बलियो बनाउँछ । यसले गर्दा हड्डी कमजोर भएर गल्ने रोग ओस्टियोपोरसिस लाग्ने सम्भावना न्युन हुन्छ ।

– स्कुल अफ मेडिसियसनका सोधकर्ताहरुका अनुसार बिहान गरिने यौन सम्बन्धले महिलालाई गर्भावस्थाको अवधिमा हुने पीडाको असर एकदम न्युन रुपमा मात्र पर्छ ।

प्रतिक्रिया दिनुहोस !