चितवन, २७ असोज । पूर्वी चितवनको कालिका नगरपालिका क्षेत्रमा विशेष नमुना नगर बनाउन सरसफाई अभियान सुरु भएको छ ।

 

 

 

पछिल्लो समयमा नगरकाने शक्तिखोरमा पर्ने सिन्ती झरनामा पर्यटकीय चहलपहल बढेसगैँ नगरमा विशेष सरसफाई अभियान सुरु गरिएको हो ।

सिन्ती झरनाले नगरमा पर्यटन विकासको सम्भावना देखाएको छ मेयर खुमनारायण श्रेष्ठले भने, सिन्तमा पर्यटक बढेपछि फोहर पनि बढेको पाईयो, अब नगरलाई सरसफाईमा नमुना बनाउन सिन्ती झरना क्षेत्रबाटै यो कार्य थालेका हौँ ।

सिन्ती झरनामा दैनिक रुपमा २ सय बढी र विदाको दिन वा समोबार तथा शनिबार भने दैनिक ५ सय को हाराहारी पर्यटक आउने तथ्याकं रहेको वडा नम्बरका अध्यक्ष विनोद रेग्मीले जानकारी दिए ।

सिन्तीकै विकास लागि झण्डै ५ करोड रुपैयाँको डिपिआर तयार गरेको बताउदै आफुहरु संघ र प्रदेश सरकारसगैँ मिलेर पर्यटकीय पूर्वधार समेत तयार गरिने नगर प्रमुख श्रेष्ठले जानकारी दिए ।

यसैविच सिन्ती झरना क्षेत्रमा शनिवार सरसफाई गरिएको छ । कालिका नगरपालिकाका वडा सदस्यहरुको सयुक्त आयोजनामा सो झरना क्षेत्र र झरना जाने बाटो सरसफाई गरिएको हो ।
झरनामा आउने पर्यटकहरुले फोहोर जथाभावी फोहोर फाल्ने गरेकाले चेतनामुलक र सन्देशमुलक रुपमा सरसफाई गरिएको कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले वताए ।
सिन्तीबाट सुरु भएकोे जनप्रतिनिधिहरुले सुरु गरेको अभियान नगर भरि नै लागु हुने बताए ।  प्लास्टिकजन्य वस्तुलाई जलाउनुका साथै सिसाजन्य वस्तु खाल्डो खनेर गाडिएको थियो ।

नगर उपप्रमुख कमला भट्टराई, वडा सदस्यहरु, कालिका ७ का वडाध्यक्ष डिल्लीराम दुवाडी, ९ का वडाध्यक्ष होमवहादुर क्षेत्री, चर्तुमुखी माविका सहप्रधानाध्यापक पुर्ण पुरी, उमाकान्त सापकोटा लगायतको उपस्थितीमा सरसफाई गरिएको थियो । सरसफाई कार्यक्रमको उद्घाटन कालिका ६ का वडा सदस्य वालकृष्ण अधिकारीको अध्यक्षतामा भएको थियो । सोही अवसरमा वडा दशैको शुभकामना आदानप्रदान कार्यक्रम समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !