काठमाडौं । सैनिक भर्तीका नाममा भयंकर घोटाला भएका समाचार केही वर्षयता सुनिँदै आएको हो । अहिलेचाहिँ त्यस्तो कुकृत्यमा संलग्न मेजरहरू सैन्य हिरासतमै खाँदिएको र तीन महिनादेखि कर्णेल मदन बञ्जारा र मोहन क्षेत्रीमाथि समेत छानबिन हँुदै गरेको खबर छ ।
वर्षबीच अयोग्य व्यक्तिलाई अनियमित तवरले सेनामा छिराएर मेजर कृष्णप्रसाद सापकोटाले आफ्नो बैंक खातामा ६ करोड रुपैयाँ जम्मा पारेका रहेछन् । सूर्य दल गणका उनी भर्ना छनोटमा ६ वर्षदेखि कार्यरत थिए । अहिले हवल्दार नवराज गुरुङसँगै मेजर सापकोटा जंगी अड्डास्थित सैनिक हिरासतमा थुनिएका छन्
। त्यस्तै, नेपालगञ्जबाट बुटवल सरुवा भएका मेजर प्रकाश थापा पनि भर्नासम्बन्धी अनियमिततामा संलग्न भएको पुष्टि भएपछि बन्दी बनाइएका छन् । प्रमुख सेनानीबाट महासेनानीमा पदोन्नति पाइसकेकाहरूसमेत यस्तो अनियमिततामा संलग्न रहेको पुष्टि भइसकेको थियो । पूर्वअर्थमन्त्री डा.रामशरण महतनिकट अजित थापा भर्ना छनोटमा जर्नेल छन् । जनआस्थाबाट