काठमाडौं – राजधानीमा चाडवाडको मौका छोपेर यात्रुसँग बढी भाडा असुल गर्ने १ सय ७४ ट्याक्सीचालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।

दशैंमा सार्वजनिक सवारीसाधनको कमी भएपछि यात्रुसँग बढी भाडा लिई सेवा दिने १७४ ट्याक्सीचालकलाई महानगरीय ट्राफिक प्रहरीले मंगलबार कारवाही गरेको हो । ट्याक्सीमा मिटर जडान गरिएको भएपनि मिटरमा जान नमान्ने र यात्रुसँग बढी भाडा लिएका ट्याक्सीहरुलाई कारवाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

मिटरमा जान नमान्ने र यात्रुसँग बार्गेनिङ गर्ने १ सय ७४ ट्याक्सी नियन्त्रणमा लिई उनीहरुलाई कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । १ सय ७४ ट्ययाक्सीमध्ये केहीलाई यात्रुको उजुरीबाट कारवाही गरिएको हो भने केही ट्राफिक प्रहरीको छड्केमा परेका थिए । चाडबाडको बेला ट्याक्सीले ठगेको उजुरी परेपछि ट्याक्सी ट्राफिकको निगरानमिा परेको हो ।

प्रतिक्रिया दिनुहोस !