काठमाडौँ, कार्तिक ३ । सपनाको शहर काठमाडौँ जहा दैनिक हजारौ मानिस आफ्नो सपना साकार पार्न मेहनत र परिश्रम गरेर अगाडी बढ्छन त्यसै सपना संग जोडिएको मोडलिङ क्षेत्र अहिलेका युवा युवती हरुको सर्बाधिकरोजाइमा परेको क्षेत्र हो । युवा पुस्ताको आकर्षणमा रहेको रंगिन संसार अर्थात सिने संसारमा रमाउन नचाहने मानिस सायद कमै मात्रमा होलान नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ । नब मोडल ज्योतिप्रसाई पनि त्यस्तै त्यस्तै चाहना लिएर मोडलिङको भिडमा आफुलाइ स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाको साथमा अगाडी बढदै गरेकी छिन । अहिले उनि आफ्नो लक्ष्यमा पुग्न दिन रात लागिपरेकी छिन र त्यसै अनुरुप मेहनत पनि गरि रहेकी छिन ।मिस ब्युटी क्विन नेपाल २०१८ मा बिजेता बनेर टाइटल जित्न सफल ज्योतिले मिस ट्यालेण्टको अवार्ड समेत हात पार्न सफल भएकी थिइन् । विभिन्न र्याम्पफेसन सो हरुमा समेत आफ्नो प्रस्तुति दिएर मोडलिङ क्षेत्रमाअनुभब बटुलीसकेकी ज्योतिले भर्खरै सम्पन्न मिस्टर ह्यान्डसम २०१८ मा निर्णायक मण्डलीमा बसेर आफ्नो कुशल क्षमता प्रदर्शन गरिसकेकी छिन ।
नृत्य र अभिनयमा पोख्त ज्योति सुन्दर मुहार र आकर्षक शरीरको धनि पनि छिन चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनि प्रतिको आकर्षण पनि हो । उनि मेहनतका साथ अभिनय कलालाइ अझै निखारताल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन । झापा सुरुङ्गाकि स्थाई बासिन्दा नब मोडल ज्योति प्रसाई काठमाडौँलाइ कर्मथलो बनाउदै आफ्नो अध्यनलाइ निरन्तरता दिदै आफ्नो भबिष्य कोर्ने क्रममाछिन भने उनि डिएभि कलेजमा बिबिएस चौथो बर्षमा अध्यनरत गर्दैछिन । हेर्दा पनि आकर्षण, हासी रहने शालीन स्वभाबकि मोडेल ज्योति प्रसाई अहिले म्युजिक भिडियो तथा फिल्ममा तथा अन्य मिडिया अफरकोपर्खाइमा छिन । सानै उमेर देखि नृत्यमा रुचि राख्ने ज्योति अभिनयमा पनि आफुलाइ अब्बल दर्जामा राख्न कोशिषरत छिन । सुपर मोडल तथा चर्चित नायिका बन्ने योजनाको साथ् मोडलिङ क्षेत्र प्रवेश गरेकी ज्योतिअभिनय, डान्सिङ, ट्राभलिङ रिडीङमा रुचि राख्छिन ।