काठमाडौं – नेपालका युवा सनसनी बलर सन्दीप लामिछानेले अस्ट्रेलियाको बिग बास क्रिकेट लिग खेल्ने भएका छन् । उनलाई मेलबर्न स्टार्सले आउँदो सिजनका लागि सन्दीपले कीर्तिमानी रकममा बिग बास खेल्न लागेका हुन् । उनी बिग बास खेल्ने एसोसिएट राष्ट्रकै पहिलो क्रिकेटर हुनेछन् ।

१८ बर्षे लेग स्पिनर सन्दीप मेलबर्नबाट दुई सत्रमा खेल्नेछन् । उनी बिग बास खेल्न डिसेम्बर १० मा अस्ट्रेलिया पुग्नेछन् । ‘सन्दीपको पारिश्रमिकबारे सबै टुंगो भने लागेको छैन । प्रतिम्याचका हिसाबमा वा प्रतियोगिताभरिका लागि पनि हुन सक्छ । तर उनले कम्तीमा ६० हजार डलर पाउने छन्’, सन्दीपका व्यवस्थापक एवं नेपाली क्रिकेट टोलीका टेक्निकल एनालिस्ट रमन सिवाकोटीले भने ।

प्रतिक्रिया दिनुहोस !