काठमाडौँ, ६ कात्तिक ।  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का मध्यपूर्व संयोजक आरके शर्मा कतारमा आज पक्राउ परेका छन् ।

संयोजक शर्मालाई कतार प्रहरीले पक्राउ गरेको एनआरएनएका प्रवक्ता भूषण घिमिरेले पुष्टि गर्नुभयो । शर्मालाई पक्राउ गर्नाको कारण भने नखुलेको उहाँले जानकारी दिनुभयो ।

प्रवासी नेपालीले दोहामा आयोजना गरेको कार्यक्रममा श्रमिक शोषणसम्बन्धी नाटक प्रदर्शन गरेका कारण कतार प्रहरीले शर्मालाई पक्राउ गरेको हुन सक्ने उहाँले बताउनुभयो । उहाँ लक्की ज्वेलर्स इण्डष्ट्रिज प्रालिका सञ्चालक समेत हुनुहुन्छ । जसको शाखा देशका विभिन्न स्थान रहेको छ । (रासस)

प्रतिक्रिया दिनुहोस !