काठमाडौँ, ०६ कात्र्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अलग मधेस बनाउन खोजिए मधेसीले धोका पाउने बताएका छन् । उनले ‘विखण्डनले मधेसको माग पूरा नभइ डाकाहरुको माग मात्र पूरा हुने बताए ।“काठमाडौंबाट मधेस अलग गरी मधेसीको माग पूरा हुँदैनु विखण्डनले शत्रुको माग पूरा हुन्छ, उनले भने। ” साथै उनले राष्ट्रिय एकताले मात्र मधेसी जनताले चाहेको जस्तो समृद्धि, विकास, अधिकार र सम्मान स्थापित हुनसक्ने भन्दै एकताको बलमा मात्र समृद्धिको यात्रा पूरा गर्न सकिने बताए ।

त्यसका साथै जनकपुरमा आयोजित नेकपाको प्रदेश २ को कार्यालय उद्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले प्रदेश २ को सरकारले संघीय ऐन आउनुअघि प्रदेश प्रहरी ऐन ल्याएर मुलुकमा दुर्घटनाको निम्ता गरेको बताउँदै दाहालले भने, ‘मुख्यमन्त्रीजी ओभरटेक गर्न थाल्नुभयो भने दुर्घटनाको खतरा हुन्छ । दुर्घटना न निम्त्याउनुस्, तपाईंको मागप्रति म गम्भीर छु ।’

प्रतिक्रिया दिनुहोस !