
चितवन, ८ कात्तिक । रत्ननगर नगरपालिका वडा ७ अध्यक्ष लालबहादुर भट्ट (राजन)ले वडा पर्यटन पूर्वधार निर्माण गर्न निकास दिन सम्पूर्ण वडावासीमा अनुरोध गरेका छन् ।
“मुलुकको तेश्रो पर्यटकीय गन्तव्य सौराहा प्रवेद्धारको रुपमा रेहेको यस वडामा विभिन्न खालका पर्यटन पूर्वधार नहुदाँ विविध समस्या आएपछि वडामा नयाँ नयाँ योजना आएको थियो उनले भने अहिले सार्वजनिक जग्गा अधिकरण गरेर जनताकै हितका लागि काम गर्दा किन अवरोध छ ।”
आफ्नो नवनिर्मित वडा कार्यालयको भवन निर्माणको अवसरमा वडा अध्यक्ष भट्टले विशवमा नै अलग पहिचान बनाएको सौरहामा नयाँ पूर्वधार कडा गर्न नगर र वडा एक साथ लागि परेको अवस्थामा अग्रसर र वडावासीको सहकार्य अपरिहार्य भएको बताए ।
“अग्रसर दाजुहरु र वडावासीको सहयोग चाहिन्छ उनले भने, राजन भट्ट र नारायण वनलाई गाली गरेर विकास हुदैन्, निकास दिनुपर्छ ।”
पर्यटन बस पार्क, पर्यटन सूचना केन्द्र र सभाहल निर्माण गर्न ६ करोड फिर्ता हुने भन्दै आफुहरु सबैले विकास निम्ती सबै कुरा छोडर सहमति साथ अघि बढ्नुपर्ने तर्क गरे ।
टोल टोलमा बसेर छलफल गरौँ, सार्वजनिक जग्गाको संरक्षण गरौँ भन्दै उनले द्धन्द्ध नगरिकन सहमति गरे बजेट कार्यान्वन गराउन अपिल गरे ।
उनले प्रत्येक टोल टोलमा सुकुम्बासीको अभिलेखीकरण गरेर नक्कली हुकुमवासीलाई तह लगाउने नीति समेत वडा कार्यालयले अघि सारेको बताए ।
अहिले सुकुम्बासीहरुले जग्गा बेच्ने चलखेल गरेका छन्, वास्तवीक नक्कली हुकुमवासी पहिचान गर्न अभिलेखीकरण आवश्यक छ ।
उनले वडा नम्बर ७ मा सार्वजनिक नदीको जग्गा एैलानीको नाममा मेरो र तेरो भन्ने काम भईरहेको समेत जानकारी गराए । अब विवाद होइन् उनले अगाडी टोलवासीसगँ बसेर साच्चीकै सुकुम्वासी को हो हाईन् पत्ता लगाई यस्तै ठाउँमा पर्यटन पूर्वधार निर्माण गर्ने योजनामा सबै एक जुट हुनुपर्ने बताए ।
बाकीँ रहेका जग्गा पर्यटन पूर्वधार खडा गर्ने, नकी त्यहाँ पातीद्धारी बनाएर स्याल कराउने ठाउँ बनाउने उन आक्रोश थियो ।
गत बर्ष भन्दा यो बर्ष वेजट कम भएको भन्दै वन्यजन्तु न्यूनिकरण अति विपन्न वर्गमा पुराउने प्रतिवद्धता समेत व्यक्त गरे र भने सिसवार चौरलाई नमुना खेल मैदान बनाउने घोषण समेत गरेका थिए । हेरौँ बाकीँ कुरा भिडियोमा