
चितवन, ८ असोज । एक वर्षको चितवन वसाई सफल वनाएर प्रहरी नायव उपरिक्षक प्रभुप्रसाद ढकाल फर्किएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनमा सुचना अधिकारीका रुपमा समेत जिम्मेवारी सम्मालेका ढकालले जिल्लाको शान्ति सुरक्षा र अमनचयनमा महत्वपूर्ण योगदान पुर्याएका छन् ।
प्रमुखलाई सफल वनाउने हात दोस्रो व्यक्तिकोे हुन्छ । त्यो काममा ढकाल सफल भएका हुन । यस अघिका जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक दिपक थापाले सुन्दर भविष्य बोकेका ढकालको ईमान्दारी पूर्वक गरिएका कामका कारण आँफुलाई जिल्लामा काम गर्न सहज वनेको बताउँदै आउनु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक शुशिल सिंह राठौंरले ढकालको काम व्यवसायीक रहेको टिप्पणी गर्नु भयो । आफ्नो कार्यकालमा ढकालले जिल्लाको शान्ति सुरक्षामा ईमान्दारीताका साथ काम गरेको उहाँको भनाई छ ।
उनको यहाँका राजनैतिक दल, पेशा कर्मी, कानुन व्यवसायी, पत्रकार संगै नागरिक समाज र मानवअधिकार कर्मीहरुले पनि कामको प्रसंशा गरेका छन् । महिला अधिकारकर्र्मी मिना खरेल अपराध नियन्त्रर्णमा ढकालले खेलेको भूमिका अतुलनिय रहेको बताउनु हुन्छ । महिला तथा वालवालीका माथि हुने अपराध न्यूनिकरणमा उहाँले महत्वपूर्ण भूमिका निर्वाह गरेको उहाँले बताउनु भयो ।
ढकालको वसाईमा कार्यालयले समाजमा हुने सामान्य घटना देखि ठूला गिरोह समेत पक्राउ गरि शान्ति अमनचयन स्थापित गर्न सफल भएको छ । कार्यालयले सो समयमा सुन तस्कर देखि मृगौला तस्कर सम्मको जालो लाई चिर्रफार गदै अपराधिलाई नियन्त्रर्णमा लिई कारवाहि गर्न सफल भएको छ ।
गत भदौ १९ गते अबैध रुपमा ल्याईएको सुन, चाँदी र सो सुन वेचबिखन वापत आएको नगद सहित वरामद गरी अबैध सुन तस्करको जालो लाई रोक्ने प्रयास उनकै सक्रियतामा भयो । समाजमा दिन दनाहाडै सुन चोरी गर्ने गिरोहको नाईके सहित पक्राउ गरि कारवाहि गरीयो । गत साउन ११ गते भरतपुर महानगरपालिकाको भिआईपि क्षेत्रमा रहेका घरहरुबाट सुन चोरी गर्ने महिलालाई पक्राउ गरि कारवाहि प्रकृया अघि वढाउन कार्यालय सफल भयो । यो गिरोहको नियन्त्रर्ण संगै समाजमा केहि शान्ति सुरक्षाको महशुश गर्न थाले आम चितवन बासिले ।
चितवनलाई मेडिकल सिटिको रुपमा लिईन्छ । तर चितवनबाटै मृगौला तस्करी भईरहेको सुचनाका आधारमा प्रहरीले मृगौला बेच्ने गिरोहलाई पक्राउ गर्न सफल भयो । चितवनका बिभिन्न अस्पतालमा गई उनिहरुलाई काठमाडौ उपचारका लागि पठाउने र त्यहाँ बाट भारत पठाई मृगौला तस्कर गर्ने गिरोह, यात्रुलाई बेहोस वनाई लुटपाट गर्ने गिरोह र भिआईपि कल वाईपास गर्ने गिरोहलाई कार्यालयले पक्राउ गरी कारवाहि समेत गरेको छ । ढकालको नेतृत्वमा भएका बिभिन्न अनुसन्धानहरु सफल भएका छन् ।
ढकाल जिल्लामा रहँदा भएको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको समयमा प्रहरी अप्रेसन कमाण्डरको रुपमा खटिई शान्ति पूर्ण र भयरहित तरीकाले निर्वाचन गराउन सफल रहनु भयो । निर्वाचन विथोल्ने गतिविधि गर्ने लाई पक्राउ गरि कारवाहि गर्ने, निर्वाचन बिथोल्न सक्रिय बिप्लव नेतृत्व माओवादीका जिल्ला ईन्चार्ज सहित बिभिन्न व्याक्ति पक्राउ गरि कारवाहि गरीएको थियो ।
यस्तै ढकालकै नेतृत्वमा तीन पाँग्रे सवारी साधन (अटो रिक्सा र ई रिक्सा)हरुलाई भरतपुर महानगरपालिका अन्तर्गत मुख्य राजमार्ग र वाईपास मार्गमा आवागमन रोक लगाउने भनि भएको निर्णयको बिरोधमा भएको प्रदर्शनलाई सामान्य दवाब पछि सडक संञ्चालन गर्ने, सुरक्षित चितवनको अबधारणलाई सफल बनाउन थ्रि एस अप्रेसनको संचालन समेत सुरु गरियो ।
ढकालको प्रत्यक्ष निगरानि सुरु गरिएको थ्रि एस अप्रेसन प्रभावकारी रुपमा अघि वढाउदै समाजमा भए गरेका बिकृति बिसंगती नियन्त्रर्णका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने, सो क्रममा १६ जना पुरुष र ५ जना महिला शंकास्पद रुपमा नियन्त्रर्णमा लिईएको हो । मापदण्डा बिपरीत खोलाजन्य पदार्थ उत्खनन गर्ने सवारी साधन नियन्त्रणमा लिई चोरी निकाशी रोक्ने कामलाई प्रभाबकारी वनाउन सो समयमा प्रहरी सफल भएको छ ।
चितवनलाई नमुना जिल्लाको रुपमा स्थापित गर्ने योजना सफल बनाउन महिला संजाल र समाजमा रहेका बिभिन्न व्याक्तित्वहरु संग सहकार्य गरि जनचेतना जगाउँदै तल्लो तह सम्म शान्ति सुरक्षाको महशुश गराउन ढकाल सहित जिल्ला प्रहरी कार्यालय सफल भयो ।
जिल्लामा गुण्डागर्दि नियन्त्रर्णमा उनको भूमिका महत्वपूर्ण रहयो । गृह प्रशासन सुधार कार्ययोजना ८२ वुद्धे कार्यक्रम तथा संगठन प्रमुखको १० वुद्धे प्रथामिकतामा परेका कुराहरुलाई कार्यान्वयन गराउन जिल्ला प्रमुखलाई उहाँको महत्वपूर्ण सहयोग रहेको प्रमुखहरु वताउछन् ।
जिल्लामा छोटो समयमा महत्वपूर्ण काम गरेकै कारण उनको बिदाई असहज देखिए पनि पुनः प्रमुख भएर उनि जिल्लामा फर्कने कुरामा जिल्लाबासिहरु बिस्वस्थ छन्