काठमाडौं, कात्तिक १० । उपराष्ट्रपति नन्दबहादुर पुनले विज्ञान तथा अनुसन्धानको क्षेत्रमा लगानी बढाउन सरकारलाई सुझाव दिँदै विदेश पलायन भएका नेपाली वैज्ञानिकहरुलाई देशको माया भए स्वदेश फर्कन आग्रह गरेका छन् । पुनले स्वदेश फर्कि मुलुकको समृद्धिको लागी योगदान गर्न बिदेशमा रहेका नेपाली युवा बैज्ञानिकलाइ आह्वान गरे ।

शुक्रबार त्रिभुवन विश्वविद्यालयको ‘रिकास्ट’को सहकार्यमा नेपाल पोलिमर ईन्चिच्युटले आयोजना गरेको उन्नत सामाग्रीसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनको काठमाडौंमा उद्घाट्न गर्दे उपराष्ट्रपति पुनले यस्तो आह्वान गरेका हुन् । उनले नेपाल बिकास र समृद्धिको बाटो तर्फ अघि बढिरहेको भन्दै नेपाली बैज्ञानिक र अनुसन्धानकर्ताको स्वदेशमा खाचो रहेको बताए ।

उनले नेपालमा रहेका बैज्ञानिक र नेपाल फर्कन चाहने बैज्ञानिकहरुका लागि सरकारले नेपालमा नै उचित सिप प्रयोग गर्न वातावरण बनाउनुपर्ने धारणा राखे । समृद्ध नेपाल र सुखी नेपालीको नारालाई साकार गर्नका लागी मुलुकका सबै क्षेत्र बर्गको योगदान जरुरी रहेको उनले बताए ।
उनले नेपालको समृद्धिको यात्रामा चूनौती रहेपनि धेरै सम्भावना रहेको उल्लेख गरे । उहाले पूर्वाधार बिकासका लागी आवश्यक पर्ने नविन प्रविधिका लागि पनि नेपाली बिश्वविद्यालयको अनुसन्धान जरुरी रहेको समेत बताए ।

त्यस्तै, चरम राजनीतिकरणका कारण नेपालका वैज्ञानिकहरु विदेश पलायन भएको गुनासो बुद्धिजीवीहरुले पोखेका छन् ।
उक्त सम्मेलनमा सहभागी नेपाली बुद्धिजीवी तथा वैज्ञानिकहरुले राजनीतिकरणका कारण वैज्ञानिकहरु विदेशिनुपरेको बताएका हुन् । उनीहरुले विज्ञान, प्रविधि तथा अनुसन्धानको क्षेत्रमा सरकारको लगानी एकदमै न्यून भएको र केही गर्छु भन्ने वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुलाईसमेत सहयोग र अवसर नदिएको गुनासो गरे ।

चार दिनसम्म चल्ले काठमाडौ गोष्ठीमा बिभिन्न देशका बैज्ञानिक र अनुसन्धानकर्ताको सहभागिता रहेको छ । सम्मेलनमा नेपाल, अमेरिका, ईटाली, दक्षिण कोरिया, भारत, चेक रिपब्लिक, जापान, जर्मनीलगायतका १५ देशका वैज्ञानिक तथा अनुसन्धानकर्ताको सहभागिता रहेको छ । गोष्ठीका प्रमुख प्रा. डा. रामेश्वर अधिकारीले अध्ययन तथा अनुशन्धानको क्षेत्रमा मुलुकमा विधमान रहेका विभिन्न संस्थाहरुबीच सहकार्य र साझेदारी गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस !