
कतार, कार्तिक – राष्ट्रपति विद्यादेवी भण्डारी कतारस्थित नेपाली राजदूतावासले आयोजना गरेको रात्रिभोजमा सरिक हुनुभएको छ । कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले राष्ट्रपति भण्डारीको स्वागतमा रात्रिभोजको आयोजना गर्नुभएको हो।
मित्रराष्ट्र कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी आजदेखि कतार भ्रमणमा हुनुहुन्छ ।
यस अघि राष्ट्रपति भण्डारीले आजै दोहास्थित “बलद्ना फुडइन्डष्ट्रिज”को अवलोकन भ्रमण गर्नु भएको थियो ।
परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रपति कार्यालयका विज्ञ माधव शर्मा, परराष्ट्र सचिव शंकरदास बैरागी, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी लगायत भ्रमणदलका सदस्य समेत रात्रिभोजमा सरिक हुनुहुन्छ ।