राजविराज १३ कात्तिक ।
सप्तरीमा तिहार र छठ पव{ नजिकिदै गएपछि भारतीय क्षेत्रबाट विस्फोटक पटाकाहरू भित्राउनेक्रम बढ्दो छ । राजविराजस्थित एक व्यापारीको घरबाटै सोमवार प्रहरीले दुई लाख भन्दा बढीको विस्फोटक पदाथ{ (पटाका) बरामद गरिएको हो ।
चोरीपैठारीको माध्यमबाट तिहार र छठ पव{ आउनु अगाडि नै भण्डारण गने{ तथा चाडपव{को वेला लुकिछिपी भारी मूल्यमा विक्री वितरण गने{ उद्देश्यले राजविराज भित्र्याउने क्रम बढदै गएपछि प्रहरीले उक्त समान नियन्त्रणमा लिई सोमबार पत्रकारहरुको रोहवरमा बरामद गरेको छ ।
सप्तरीका संचारकमी{लाई बोलाएर फुलझरी, चिरचिरी, पटका लगायत झण्डै दुई लाख ५० हजारबढी मुल्य बराबरको विस्फोटक पदाथ{ बरामद गरिएको भएपनि सो मूल्य बराबरको पटका नष्ट नगरिएको स्रोतबाट बुझिएको छ ।
जिल्ला प्रहरी काया{लय सप्तरीका एसपी राजेन्द्र विष्ट, डिएसपी भावेश रिमाल र जिल्लाका दज{नौ पत्रकारहरुको रोहबरमा देखावटी रुपमा मात्र नष्ट गरिएको थियो ।
प्रहरीले बरामद गरिएको बुलेट बम, बम सहितका समान एक पिस पनि नष्ट नगरी फुलझरी, चिरचिरी र पटाका मात्र खाल्डोमा फ्याल्ने काम मात्र गरिएको थियो । बरामद गरिएको उक्त समान केही छिन पछि प्रहरीहरुले नै टिपेर लगेको न एक जना प्रहरीले नै जानकारी दिए ।