राजविराज, १३ कार्तिक ।
जिल्ला प्रहरी कार्यालयसँगै जोडिएको घरमा भएको आशा देव हत्याको आरोपमा निर्दोषहरुलाई पक्राउ गरिएको भन्दै सप्तरीमा आधा दर्जन संघ संस्थाले विरोध प्रर्दशन गरेका छन् ।

सप्तरीको सदरमुकाम राजविराजमा मङ्गलवार ती संघ संस्था आवद्ध व्यक्तिहरुले उच्च स्तरीय छानविन समिति गठन, दोषीलाई कारवाही, एसपी राजेन्द्र विष्ट, डिएसपी भावेश रिमाल तथा इस्पेक्टरमाथि कारवाही र प्रहरी यातना बन्द गर्नुपर्ने माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।
घटना छानविनको क्रममा नियन्त्रणमा लिइएको विक्की मेहतरलाई यातना दिएको तथा हत्यामा संलग्न रहेको भन्दै सार्वजनिक गरिएको व्यक्तिहरु समेत निर्दोष रहेको उनीहरुले बताएका छन् ।

(सोमवार) मात्र प्रहरीले पत्रकार सम्मेलनमार्फत गत कात्तिक १ गते भएको देव हत्यामा संलग्न रहेको भन्दै राजविराज नगरपालिका–६ का ३२ वर्षिय शंकर मेहतर, २६ वर्षिय सुरज मेहतर, सोही ठाउँकी ३० वर्षिया चनरदेवी मेहतर र ३५ वर्षिया मुन्नीदेवी साहलाई सार्वजनिक गरेको थियो ।
यसैबिच दोषीलाई पक्राउ नगरी निर्दाेष पक्राउ गरि प्रहरीले यातना दिएको भन्दै आपूmहरु निकै समस्यामा रहेको प्रहरी कार्यालय अगाडि रहेको मेहतर समुदायका महिलाहरु गुनासो व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस !