कावासोती, कात्तिक १५ दुर्लभ एकसिङ्गे गँैडा संरक्षणको सन्देश दिन १५ वर्षदेखि सञ्चालन हुँदै आएको ‘राइनो संरक्षण गोल्डकप’ आजबाट नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिकामा शुरु हुँदैछ ।

गैँडा संरक्षण गर्नुपर्छ भन्ने सन्देश दिन प्रतियोगिता आयोजना गरिएको आयोजक नन्दभाउजु उपभोक्ता समितिका अध्यक्ष दोमनबहादुर भण्डारीले बताउनुभयो । खेलको माध्यमबाट युवाहरुमा वन, वन्यजन्तु र वातावरण संरक्षणको चेतना अभिवृद्धि गराउने उद्देश्य राखिएको छ ।

प्रतियोगितामा १२ टिमको सहभागिता रहनेछ । प्रतियोगिताको उद्घाटन खेल आज आयोजक नवलपरासी–११ र लिली रुपन्देही–११ बीच हुने आयोजकले जनाएका छन् । खेल तालीकाअनुसार कात्तिक १६ गते एनआरटी र सरस्वती क्लब, कात्तिक १७ गते वीरगञ्ज युथ एकेडेमी र पोखरा–११, कात्तिक १८ गते च्यासल युवा क्लब र डिभाइन ब्वाइज युनियन काठमाडौँबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस !