
दिलीप अग्रवाल
मोरङ कार्तिक १५ । भारतबाट अबैध रुपमा बिक्रीवितरण गर्नेका लागि नेपाल ल्याउदै गरेको बोइलर कुखुरा चल्ला सशस्त्र प्रहरी विओपी रंगेलीले पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी कार्यालले रंगेलीले चोप्राहाबाट रंगेलीको विभिन्न गाउँमा बिक्री वितरणका लागि साईकलको प्रयोग गरि लैजाने क्रममा सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
उक्त कुखुराको चल्ला आन्दाजी ५० हजार रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीले बरामद गरेको उक्त कुखुराको चल्ला बिहीबार पशु क्वारेन्टाइन बिराटनगरका वरिष्ठ पशु चिकित्सक फेकन साह, पशु स्वास्थ्य प्राबिधिक श्याम घिमिरे, पशुसेवा शाखा रंगेलीका महेन्द्रप्रसाद यादव, नेपाल प्रहरी, स्थानीय ,बुद्धिजीवी, पत्रकारहरुको रोहवरमा सो चल्ला नष्ट गरिएको सशस्त्र वेश बिओपिका बिश्वनाथ पोख्रेलले बताए ।