
चितवन, १५ कात्तिक । चितवन राष्ट्रिय निकुञ्जसहित नेपालका गैँडा रहेका निकुञ्जमा आउँदो हिउँदमा गैँडा गणना गर्ने तयारी भइरहेको छ । गत वर्षको वर्खामा राप्ती र नारायणी नदीले गैँडा बगाएको थियो ।
त्यतिबेला नौ गैँडा भारतबाट उद्धार गरी ल्याइएको थियो । थप गैँडा बगाएको र मरेको आशङ्का गरिएको भए पनि यकिन तथ्याङ्क छैन । चार वर्षको फरकमा गैँडा गणना गरिन्छ । हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार यसअघि सन् २०१५ मा गैँडा गणना गरिएको थियो ।