ललितपुर, कात्तिक १६ । नेपाली काँग्रेसले दशैं, तिहार, नेपाल संवत्, छठ लगायत पर्वको अवसरमा शुक्रबार जलपान तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेका छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा अपरान्ह आयोजना गरिने जलपान तथा शुभकामना आदान प्रदान कार्यक्रममा सर्वसाधारणका साथै विशिष्ट व्यक्तित्वहरूलाई निमन्त्रणापत्र पठाएको जानकारी प्रवक्ता विश्वप्रकाश शर्माले दिनुभयो ।
काँग्रेसले विगत ४१ वर्षदेखि जलपान कार्यक्रम आयोजना गर्दै आएको छ । जननेता बी.पी. कोइराला भारत प्रवासबाट राष्ट्रिय मेलमिलापको नीति लिएर २०३३ सालमा नेपाल फर्कनुभयो । उहाँले २०३५ सालदेखि राजनीतिक र सामाजिक सौहाद्र्धता कायम गर्ने उद्देश्यले कोजाग्रत पूर्णिमाका दिन जलपान तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने परम्परा सुरु गर्नुभएको हो ।
चियापान कार्यक्रममा विभिन्न क्षेत्रका करीब एक लाख व्यक्तित्वलाई निमन्त्रण गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । काङ्ग्रेसले शुक्रबार काठमाडौँ उपत्यकाको केन्द्रीय कार्यालयमा र बाँकी ७४ जिल्लामा चियापान कार्यक्रम आयोजना गरेको जनाएको छ ।