मोरङ्ग । एनआई सी एशिया बैंकको नयाँशाखाकार्यालय लेटाङ्ग नगरपालिकावडा नं ४, मोरङ्ग स्थित लेटाङ्ग शाखाकोनेपाल राष्ट्र बैंककाकार्यकारी निर्देशक भिष्मराज ढुंगानाबाट आज एक समारोहकाबिच समुद्घाटन भयो ।
उदघाटन समारोहका प्रमुखअतिथी ढुंङ्गानाले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नाउपस्थिती सबल बनाउदै गएको यस बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तिय सवलिकरण अभिबृद्विगर्ने कार्यमामहत्वपुर्ण योगदान पु-याएको जनाए । उक्तकार्यक्रममा बैंकका सहायकप्रमुखकार्यकारी अधिकृतले उपस्थितअतिथीहरुलाई धन्यबाद ज्ञापन गरे ।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २६४शाखाकार्यालयहरु, २६४ एटिएम, २७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुन सफलभएको छ ।
बैंकको वासलातको आकार रू. २०० अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १६८ अर्ब तथाकर्जा रू. १४१ अर्ब पुगिनिजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमाआफ्नो पहिचानबनाउन सफलभइसकेको छ ।
हालसम्म यस बैंकमाग्राहकको संख्याकरिब १३ लाख ५०हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिमव्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ ।बैंकले हरेक सम्भावितबजार क्षेत्रमाआफ्ना ग्राहकलाई सेवाउपलब्ध गराउने अभिप्रायले अन्यविभिन्न स्थानहरुमा चाँडै नै थपशाखाकार्यालय संचालनगर्ने योजना अगाडि सारेको छ ।