पशुपतिनगर  ।  पूर्वी पहाडी नाका इलामको पशुपतिनगरको सीमा क्षेत्रमा नेपाली सीमा शसस्त्र बल र भारतीय सीमा सुरक्षा बलको संयुक्त ‘सहायता कक्ष’ स्थापना भएको छ ।

नेपाली सीमा सुरक्षा पोष्ट पशुपतिनगर र भारतीय सीमा सुरक्षा बलले सीमा क्षेत्रको नेपाल भारत दुवै क्षेत्रमा संयुक्त नागरिक सहायता कक्ष स्थापना गरिएको हो । चाडपर्वका समयमा सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण र दुवै देशका नागरिकलाई आवतजावतमा सहज पु¥याउने उद्देश्यले संयुक्त नागरिक सहायता कक्ष स्थापना गरिएको सीमा सुरक्षा पोष्ट पशुपतिनगर इलामका प्रमुख शशाङ्क कार्कीले बताउनुभयो ।

दुवै देशको सीमा क्षेत्रमा राखिएको सहायता कक्षमा नेपाली र भारतीय सीमा सुरक्षा बलका एक÷एक जवान बिना हतियार राखिएको छ । उनीहरुले नेपालबाट भारत जाने नागरिक र भारतबाट नेपाल आउने नेपाली तथा भारतीय नागरिकलाई अप्ठ्यारो परेमा सहयोग गर्ने बताइएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस !