कालिकोट – रारा ताल भ्रमणबाट फर्किएका स्याङजा चापाकोट नगरपालिका प्रमुख कालिकोटमा मदिरा सेवन गरेर झगडा हुदाँ घाइते भएका छन् । सरकारी खर्चमा राराताल भ्रमणमा आएको नगरप्रमुख शिव गिरीको टोली र भत्तपुर जिल्लाबाट आएको टोली बीच झडप हुदाँ नगर प्रमुख घाइते भएका हुन् ।
शनिवार राती दुवै टोली कालिकोटको सनलाइट होटेलमा बास बसेका बेला नगर प्रमुख गिरी र भत्तपुरबाट आएको टोली बीच च्याङग्रा मासु खाने बिषयमा झडप भएको हो ।

झडपमा परि नगर प्रमुख गिरी सहित उनका स्वकीय सचिव राजकुमार मल्ल र नगर प्रहरी इन्चार्ज शोभित थापा र सवारी चालक घाइते भएका छन् ।
नगर प्रमुख गिरी टाउकोमा ५ वटा टाँका, स्वीकय मल्ललाई १६ वटा टाँका लगाइको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ ।
रारा भ्रमण निस्केको भत्तपुरको भ्रमण टोली र चापाकोट नगरपालिकाको टोली बीच मदिरा सेवन गरेर च्याङग्राको मासु पोलेर खाने बेला दुई टोलीबीच अपशव्द बोल्दै झगडा भएपछि कुटपिट ८ जनालाई प्रहरी नियन्त्रणमा लगिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख बिनोद शर्माले बताए । ‘दुबै टोली एउटै होटेलमा बसेका बेला च्याङग्राको मासु पोलेर खाने बिषयमा झगडा भएको हो ।’ उनले भने,‘दुवै पक्षले अत्याधिक मादक पदार्थ सेवन गरेका थिए ।’
घाइतेको जिल्ला अस्पताल कालिकोटमा उपचार भईरहेको र ८ जनालाई प्रहरी नियन्त्रण राखिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !