
चितवन कात्तिक । चर्चित नेपाली कलाकार एवं निर्देशक दीपाश्री निरौलाले बिहे नगरी आफूले बच्चा जन्माउन सक्ने बताएकी छिन । उनले एक नेसनल टेलिभिजनको अन्र्तवार्तामा यस्तो खुलासा गरिएकी हुन ।उनी भन्छिन,‘म बिहे नगरी पनि बच्चा जन्माउन सक्छु’ उनले सो टेलिभिजनमा अन्र्तवार्ता दिदै आफ्नो भाग्यमा बिहे गर्न नलेखेको र बच्चा जन्माउनको लागि विभिन्न प्रविधि आइसकेको बताइन । आफूले यदि बच्चाको आबश्यक परेमा टेष्टट्युव बेबी समेत जन्माउने जिकिर गरिन ।
मानिसको जिन्दगीमा यौनको भूमिका उत्तिनै भएपनि आफूले यौनसन्तुष्टी लिएको समेत स्पष्ट पारिन । यौन सन्तुष्टीको लागि शारिरीक सम्पर्क अपरिहार्य नभएको भन्दै आफूले यौनसन्तुष्टीको लागि अहिलेसम्म शारिरिक सम्पर्क नगरेको दाबी गरिन ।
आफूलाई विभिन्न ठाउंँबाट बिहेको प्रस्ताव आएको बताउंँदै उनले आफ्नो कार्यव्यस्तताको कारण अरुको जिन्दगी उजाड पार्न नचाएको बताइन । दिपकसंँगको बर्षौको सहकार्यमा भविष्यमा उनीसंँग बिहे हुनसक्छ भन्ने प्रश्नमा उनले भनिन’ समाजले स्वीकार गरे म बिहे गर्न तयार छु, तर म सामाजिक प्राणी हो, विचार गर्छु’। यो अन्र्तवार्तामा उनले बाकी जीवन आफ्नो भविष्य र चलचित्रजगतको लागिनै खर्च गर्ने प्रतिबद्धता व्यक्त गरिन । उनी त्यो कार्यक्रममा छक्कापञ्जा ३ को बारेमा अन्र्तवार्ता दिन आएकी थिइन।