चितवन । नेपाली काँग्रेसका महामन्त्री डाक्टर सशांक कोइरालाले नेपाली काँग्रेसलाई एकवद्ध बनाएर अगाडि बढेको खण्डमा काँग्रेसलाई कसैले पनि जित्न नसक्ने बताएका छन् ।
नेपाली काँग्रेसको शक्ति अहिले पनि बलियो रहेको उल्लेख गर्दै काँग्रेस भित्रको एकता जरुरी रहेको कोइरालाले बताए । नेपाल प्रेस युनियन चितवन शाखाद्वारा भरतपुरमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा महामन्त्री कोइरालाले नेपाली काँग्रेस ठूलो इतिहास बोकेको पार्टी भएकोले आगामी निर्वाचनमा नेपाली काँग्रेस प्रमुख ठूलो दल बन्ने दावी गरे । एमाले र माओवादी लोकतन्त्रमा विश्वास नराख्ने पार्टी भएकाले दुवै पार्टी मिलेर पनि काँग्रेसलाई हराउन नसक्ने कोइरालाको भनाइ छ ।
महामन्त्री कोइरालाले आगामी मंसिर ५ देखि १० गतेसम्म आयोजना गरिएको नेपाली काँग्रेसको महासमिति बैठक सर्न सक्ने बताउनुभएको छ । महासमिति बैठकका बारेमा केन्द्रीय समितिमा कुनै पनि छलफल सुरु नभएकोले १० दिनजति महासमिति बैठक सर्ने संकेत पाएको कोइरालाले बताए ।