
नरजन तामाङ
हुम्ला । हुम्ला जिल्लामा पहिलो पटक हिल्सा सिमकोट सडक आयोजना कार्यालय हुम्लाले सरकारी गाडी पु¥याएको छ ।
हिल्सादेखि सिमकोट सम्म ९५ किलोमिटर ट्रयाक ओपनिङ्ग भएपछि हिल्सा सिमकोट सडक आयोजनाले गाडी सदरमुकाम सिमकोट पु¥याएको हो ।
आब ०५३।५४ मा सुरु भएको हिल्सा–सिमकोट मोटरबाटोको च्याछहरा खण्डको काम पूरा नभएकोले सल्ली खोलासम्म हिल््सा(सिमकोट र सल्लीदेखि लिमि(लाप्चाको सडक हुँदै शनिबार सिमकोटमा गाडी पुगेको हिल्सा सिमकोट सडक आयोजना प्रमुख शंशाक मिश्रले जानकारी दिएका छन ।
उनले चीनबाट नेपाली गाडी गुडाएर लिन नमिल्ने भएको केरुङ नाका हुदै हुम्ला हिल्सा नाका कन्टिनरमा ढुवानी गरी ल्याएको आयोजना प्रमुख मिश्रले बताउनुभयो ।
।
रसुवाको केरुङ्ग नाका हुदै हिल्सा सिमकोट आयोजनाको गाडी चीनको ताक्लाकोट हुदै हिल्सा पु¥याइएको थियो । नेपाली गाडी चीनमा गुडाएर लिन नमिल्ने भएपछि चीनिया कन्टिनरमा ढुवानी गरेर हिल्सा सम्म पु¥याएको हिल्सा सिमकोट सडक आयोजनाको प्रमुख मिश्रले जानकारी दिए । उनले चिनिया रुडमा नेपाली गाडी चल्न नमिल्ने भएपछि २ लाख ४० हजार ढुवानी गरी हिल्सा नाका सम्म गाडी पुगेको प्रमुख मिश्रले बताउनुभयो ।
हिल्सा सिमकोट सडक आयोजनाको गाडी हुम्लाको हिल्सा नाकाबाट ९ दिन पछि सदरमुकाम सिमकोट गाडी पु¥याएको हिल्सा सिमकोट सडक आयोजनाका डाईभर नर बहादुर लामाले बताउनुभयो ।
गाडी सिमकोट ल्याउनका लागि ३ वटा लेक क्रस गरेर ल्याएको लामाले बताए । बिच बाटो खाद्यान्न सामाग्री साथ बोकेर ल्याएका थियो जुन ठाउँमा रात पर्छ त्यही बासँ बस्ने गरेको डाईभर लामाको भनाई छ ।
डाईभर लामाको बाइट……….
च्याछहरामा सडक निर्माण कार्य हुने गरेकोले लिमी लाप्चा सडक लेक धिगा हुदै सडको गाडी सदरुमकाम सिमकोट भित्रयाइएको छ । सडक सञ्जालले हुम्लालाई नजोडे पनि हिल्सा सिमकोट सडक आयोजनाले सरकारी गाडी हुम्ला सदरमुकाम सिमकोट पु¥याएको पाइएको छ ।
अब हुम्ला हिल्सा नाका सम्म ९५ किलोमिटर गुडनेछ । भने सिमकोटदेखि १५ किलोमिटर खार्पुनाथ गाउँपालिकाको याङ्गचु सम्म सडक खण्डमा सरकारी गाडी गुडने भएको छ ।
क्याप्सनः हिल्सा सिमकोट सडक आयोजनाले हुम्लाको सदरमुकाम सिमकोट भित्रायाइएको बा १ झ ५८५० गाडीको तस्बिर
आयोजना प्रमुख काठमाडौ भएकोले बाइट दिन सकिएन डाईभरको बाइट पठाएको छ्