भारत । भारतको महाराष्ट्रमा पर्ने यवतमाल र पाढरकावडा क्षेत्रमा एक नरभक्षी बघिनी (मादा टाइगर) मारिएको छ ।

‘टी १’ नामको यो बघिनीले पछिल्लो केही समय अघि यस क्षेत्रका १३ मानिस र कयौं जनावरहरु मारिसकेको बताइएको थियो । भारतीय इतिहासकै ठूलो मध्येको एक खोजी अभियानपछि बघिनीलाई गोली हानी मारिएको हो । दुई वर्ष अघिदेखि बघिनीको खोजी भैरहेको थियो ।

अधिकारकर्मीहरूले ती बघिनीलाई बचाउने अभियान चलाएका थिए, तर सर्वोच्च अदालतले त्यसलाई मार्न बाध्य भए त्यसमा हस्तक्षेप नगर्ने बताएको थियो । शुक्रवार साँझ बोराती गाउँ नजिकको क्षेत्रमा पुगेकी बघिनी एउटै गोलीको प्रहारबाट मारिएको अधिकारीहरूले बताएका छन् ।

यो बघिनीलाई मार्नका लागि १०० भन्दा बढी क्यामेराको प्रयोग गरिएको थियो । बघिनीलाई आकर्षित गर्नका लागि रुखमा नक्कली बाख्रा र घोडा पनि राखिएको थियो ।

पछिल्लो समय बाघिनीलाई आकर्षित गर्नका लागि सिवेटोन नामक रसायनको प्रयोग गरिएको थियो । यो रसायन चितुवालाई आकर्षित गर्नका लागि प्रयोग गरिन्छ ।

प्रतिक्रिया दिनुहोस !