शिव आचार्य
चितवन । भरतपुर महानगरपालिका विभिन्न स्थानबाट २३ जना जुवाडे पक्राउ परेका छन् । चितवन प्रहरीको जुवातास नियन्त्रणको अभियान अन्र्तगतग गएराति १ बजे भरतपुर म।न।पा।वडा नं।१६ शरणपुरमा पैसाको हारजित हुने गरी बाजी थापी कौडा खेली रहेको अवस्थामा फेला परेका १९ जनालाई पक्राउ जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एवं प्रहरी उपरिक्षक (एसपी) सुशिलसिहं राठौरले जानकारी दिए । यस्तै उनीहरुबाटै कौडा १६ थान र नगद १ लाख ४९ हजार ६ सय ८५ रुपैया समेत बरामद गरिएको छ ।
यस्तै र्गराती ईलाका प्रहरी कार्यालय गितानगरबाट खटिएको प्रहरी टोलीले जिल्ला चितवन भरतपुर म।न।पा।वडा नं।१५ फुलवारी कमलपोखरीबाट पैसाको बाजी थापी कौडा खेल्ने ४ जनालाई पक्राउ गरी कौडा १६ थान र नगद ३ लाख ६ हजार २ सय ६५ रुपैया बरामद गरिएको छ ।

पक्राउ परेका निजहरु उपर मुलुकी अपराध ९संहिता० ऐन २०७४ को परिच्छेद ५ को दफा १२५ अन्तर्गर जुवा कसुरमा थप अनुसन्धान कारवाही भई रहेको छ उनले बताए ।

जुवातास खेल्नु र खेलाउनु कानून बिपरितको कार्य भएको र यसबाट समाजमा समेत नकरात्मक असर पर्ने भएकोले जुवातास नखेल्नरनखेलाउन सर्व साधारणहरुमा यस जिल्ला प्रहरी कार्यालय चितवन अनुरोध गरेका छ । ।

प्रतिक्रिया दिनुहोस !