वि.सं.२०७५ साल कार्तिक २४ गते । शनिबार । ईश्वी सन् २०१८ नोभेम्बर १० तारिख । नेपाल सम्बत् ११३९ । विरोधकृत् संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४० । कार्तिक शुक्ल पक्ष । तिथि तृतिया,३९ घडी २० पला,बेलुकी १० बजेर ०५ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र ज्येष्ठा,४१ घडी १६ पला,बलुकी १० बजेर ५२ मिनेट उप्रान्त मूल । योग अतिगण्ड,२५ घडि १३ पला,बेलुकी ०४ बजेर २७ मिनेट उप्रान्त सुकर्मा । करण तैतिल,बिहान ०९ बजेर ३९ मिनेट उप्रान्त गर,बेलुकी १० बजेर ०५ मिनेट उप्रान्त वणिज । आनन्दादिमा मुसल योग । चन्द्रराशि बृश्चिक,बेलुकी १० बजेर ५२ मिनेट उप्रान्त धनु ।

काठमाडौंमा सूर्योदय ०६ बजेर २२ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १२ मिनेट । दिनमान २७ घडी ०७ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समस्याका खाडलहरु पुर्न अथक प्रयास गर्दा गर्दै बिफल हुँनुपर्दा तनाब बढ्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँनेछ भने दैनिकी प्रभावित हुनेछ । बिषेश गरि चेलि माईतिसँग कुनै कारोबार गर्दा ख्याल गर्नुहोला मनमुटावको स्थिति सिर्जना नहोला भन्न सकिन्न । पढाई लेखाईमा समय दिन नसक्दा गृहकार्यहरु थाति रहनेछ । माया प्रेममा धोका हुनेछ भने पति पत्निबिच मनमुटाव सिर्जना हुँने योग रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पारिवारिक सम्बन्ध,दाम्पत्य जिवन तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ । लामो तथा रमाईलो यात्रा हुँनेहुँदा मन प्रशन्न हुनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिद्या तपाईले सोचेजस्ते राम्रो हुनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्राप्तिको गतिलो योग रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) सत्रु तथा प्रतिष्पर्धिहरुलाई हरेक क्षेत्रमा परास्त गर्दै भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । आम्दानिका स्रोतहर फराकिला पार्दै तत्काल नयाँ व्यावसाय थालनि गर्न सकिनेछ । पढाई लेखाईमा अरुलाई किनारा लगाउँदै स्कुल तथा कलेजमा छुट्टै पहिचान बनाउँन सकिनेछ । माया प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने मामा तथा मावलि पक्षबाट तपाईको काममा भनेजस्तो सहयोग पाईने हुँदा मन प्रशन्न रहनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)  शिक्षामा गरिएको लगानिबाट भनेजस्तो आम्दानि नहुँने तथा बिद्यार्थि वर्गले चाहेजस्तो सफलता हात लगाउँन निकैनै मेहनेत गर्नु पर्नेछ । भौतिक सम्पति प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिर्य घट्ना नघट्ला भन्न सकिन्न । माया प्रेममा अबिश्वास बढ्ने तथा पति पत्निबिच एक अर्कालाई शंकाको दृष्टिले हेदा समस्या उत्पन्न हुनेछ । खानपानमा ध्यान दिनुहोला पेट सम्बन्धि समस्या नआउँला भन्न सकिन्न ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बिभिन्न अवसर आएपनि ति अवसरको सहि तरिकाले सदुपयोग गर्न नसक्दा समयले तपाईलाई पछाडि छोड्नेछ । व्यापार व्यावसायमा आम्दानि कम हुनेछ भने खर्च बढ्नाले आर्थिक व्यावस्थापन गर्न कठिनाई हुनेछ । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले जनताको आलोचनात्मक समर्थन पाउँने योग रहेकोछ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । आफन्त सँग टाडिएर लामो दुरिको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) दाजुभाई तथा छिमेकिबाट तपाईले शुरु गरेको काममा सहयोग तथा समर्थन हुँने हुँदा मन प्रशन्न हुनेछ । छोटो दुरिको व्यावसायिक यात्राको अधिक सम्भावना रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनालेथप लगानि गर्न आट आउँनेछ । माया प्रेममा एक अर्काको भावना बुझ्न सकिने हुँदा थप प्रगाडता बढेर जानेछ । पढाई लेखाई प्रगतिकै बाटोमा अगाडि बढ्ने योग रहेकोछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) बचन पुरा गर्न नसक्दा आफन्त तथा ईष्टमित्रहरु तपाईदेखि टाडिन सक्छन् ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ । बोल्दा ध्यान नदिए गलत निर्णयहरु हुँनेछन् भने पछि पस्चाताप हुनेछ । पढाई लेखाईमा ध्यान नदिए अरुभन्दा पछि परिनेछ । अरुका लागि समय र श्रम खर्च हुँने हुँदा आफ्नो काम थाति रहनेछन् । नयाँ काम गर्नको लागि केहि समय कुर्नु नै राम्रो हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) समयमा कामहरु सम्पन्न हुँने तथा अरुको काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । व्यापार व्यावसायमा प्रसस्त नाँफा कमाउँन सकिनेछ भने लगानि गर्ने बाताबरण बनाउँन सकिनेछ । तपाईको लुवाई ख्वाई देखेर सबैजना मोहित हुँनेछन् । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुनेछ । सामाजिक काम गरि समाजमा सम्मानित हुँने योग रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बिदेशि धन सम्पति हात लाग्ने समय रहेकोछ भने बिदेशमा बसेर काम गर्नेहरुले मनग्गे रुपैया पैसा कमाउँन सक्नेछन् । अन्य क्रियाकलापमा ध्यान जादा पढाई लेखाई अधुरै रहनेछ । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । काम गर्दा ध्यान दिनुहोला काम बिग्रने तथा जरिवाना तिुर्न पर्ने हुँन सक्छ । आकस्मिक रुपमा खर्च बढ्ने योग रहेकोछ भने अरुको भर पर्दा कामहरु बिग्रने अधिक सम्भावना रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)  भौतिक सम्पति तथा प्राकृतिक स्रोतको परिचालन मार्फत मनग्गे आम्दानि गर्न सकिनेछ । आयस्रोतका बाटाहरु फराकिला हुँनेछन् भने व्यापार व्यावसायबाट भनेजस्तो नाफाँ कमाउँन सकिने हुनालेअन्य क्षेत्रमा लगानि गर्न सकिनेछ । माया प्रेममा थप प्रगाडता बढेर जानेछ भने दाम्पत्य जीवन खुरि रहनेछ । पढाई लखाईमा तपाईको नाम अग्र स्थानमा आउँनेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानि फस्टाएर जानेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नेछन् भने तपाईको काममा प्रतिष्पर्धा गर्नेहरु आफै किनारा लाग्नेछन् । पढाई लेखाईमा प्रसस्त समय दिन सकिने हुँदा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । नयाँ काम पाउँन तथा नोकरिका बढोत्तरिको गतिलो योग रहेकोछ । लगनशिल तथा ईमान्दारिताले समाजका मान सम्मानमा बृद्धि भएर जानेछ । प्रेम प्रशङको गाठो कसिलो भएर जानेछ भने नया ठाउँबाट प्रेम प्रस्ताब आउँने अधिक सम्भावना रहेकोछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) काम गर्दा ख्याल गर्नुहोला काममा सपोर्ट गर्ने भन्दा फसाउँने मानिसहरु हाबि हुँनेछन् । निति नियमको बेवास्ता गर्दा राज्यलाई दण्ड तथा जरिवाना तिर्नुपर्ने हुँन सक्छ सचेत रहनुहोला । बनेका योजनाहरु बौद्धिकताको कमिले लागु गर्न नसक्दा बन्न लागेका कामहरु अलपत्र हुँनेछन् । धार्मिक तथा तिर्थ स्थलको यात्रा गरि मनलाई शान्त पार्न सकिनेछ । माया प्रेममा अरुकै नकारात्मक टिप्पणिले गर्दा मनमुटाब बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस !