चितवन। चितवनको खैरहनी नगरपालिकाबाट १९ जना जुवाडे शुक्रवारराती पक्राउ परेका छन् । साथै जुवाखालबाट नगद २ लाख ४१ हजार ५ सय रुपैया समेत बरामद भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय खैरहनीको सयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

विषेश सुराकीका आधारमा गएको प्रहरी टोलीले खैरहनी नगरपालिका १० जीवनपुरका महादेव चौधरीको कुखुरा फर्ममा जुवातास खेल्दै गरेको अवस्थााम पक्राउ गरेको थियो । पक्राउ परेकाहरुलाई जुवा ऐन अन्र्तगत मुद्या चलाईने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस !