राजेन्द्र आचार्य
चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट एक युवाको मुत्यु भएको छ ।  गएराति देउसी खेल्न गएका राप्ती नगरपालिका वडा नम्बर २ गड्यौलीका बर्ष २३ को सागर राईको मुत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
गएराती २ बजेको समयमा हात्तीले लखेटेर खेतको बारीमा ढाडमा दाह्राले हानेर मारेको अवस्थामा मुत्यु युवा फेला परेको प्रहरीले जनाएको छ ।  यतिवेला घटनास्थलमा प्रहरीले मुजुल्का उठाउने काम भईरहेको छ । भने यस क्षेत्र विगत लामो समयदेखि हात्ती आतंकका कारण स्थानियहरु आक्रन्त बन्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस !