
चितवन । नेपाली कांग्रेसका भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले चितवनसहित मुलुकका विभिन्न जिल्लामा प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाएको छ । प्रधानमन्त्री ओलीको तस्बिर बिगारेर फेसबुकमा सेयर गरेको आरोपमा पक्राउ परेका नेविसंघका कार्यकर्ता रिहाइको माग गर्दै सोमबार ओलीको पुत्ला दहन गरिएको हो ।
नेविसंघले चितवनले नारायणगढ बजारमा र्यालीसहित प्रम ओलीको पुत्ला दहन गरेको छ । पुत्ला दहन गर्दै नेविसंघ कार्यकर्ताले प्रधानमन्त्री र सरकारविरुद्ध नाराबाजी गरेका थिए । नेविसंघ चितवनका अध्यक्ष सूर्य ढकालको नेतृत्व आएका विद्यार्थीहरुले र्यालीसहित नाराबाजी पछि पुत्ला दहन गरेका थिए ।