
चितवन, २७ कात्तिक । पूर्व यूवराज पारस शाह चितवन आएका छन् ।उनलाई चितवनका यूवा उद्यमी निर्देश सेढाई लगायतको यूवाहरुले भव्य स्वागत गरेका थिए ।
पछिल्लो समयमा पूर्वराजा ज्ञानेन्द्र शाहका सक्रिया बढीरहदाँ पूर्वयूवराज पारस चितवन आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
चितवनमा दुई दिने बसाई विभिन्न भेटघाट गर्नेसगौ केहि महत्पूर्ण पर्यटकीय स्थलमा गएर सर्वसाधरणलाई भेट गर्ने कार्यक्रम समेत तय भएको छ ।
स्मरण रहोस् केही बर्ष अघि चितवन राष्टिय निकुञ्जमा पारसले सुजाताका ज्वाई भारतका रुबेल माथी गोली चलाएका थिए ।
त्यसबेलाको रुबेल काण्डको चर्चा निकै भएको थियो ।
पहिलो दिन आज भरतपुरमा रहेको चितवन प्रहरीको सक्रियता स्थापना गरिएको पिटुसिटुमा गई पारस शाहले अवलोकनसगैँ कुराकानी गरेका थिए । सो अवसरमा उनले देश बनाउन सबै एकजुट हुनुपर्ने बताएका थिए ।