म्याग्दी ,२७ कात्तिक । हिजो सोमबार म्याग्दी पुगेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले आज बिहान म्याग्दीका विभिन्न स्थलहरुको अवलोकन भ्रमण गरेका छन् । आज बिहान अध्यक्षले पर्वत जिल्लाको मल्लाद डाँडामा गएर म्याग्दीको सदरमुकाम बेनीको अवलोकन गरेका हुन् ।

त्यसैगरी उनले कालीगण्डकीले कटान गरेको बेनी बजारको तडबन्धको निरिक्षण पनि गरे । त्यसैगरी ४० मेगावाट क्षमताको निर्माणाधीन रहुघाट जलविद्युत आयोजनाको निरिक्षण र बिहान कालीगण्डकी कोरीडोरेको अवलोकन गरे भने म्याग्दीको सबैभन्दा ठूलो धार्मिक पर्यटकीय स्थल गलेश्वर धामको पनि अवलोकन समेत गरिएको छ ।
अध्यक्ष प्रचण्ड जीवन संगिनी सीता दाहालको उपचारको सिलसिलामा तातोपानी स्नानका लागि म्याग्दी पुगेका हुन् । प्राकृतिक चिकित्सालयको रुपमा प्रसिद्ध तातोपानी कुण्डमा स्नान गर्दा छाला, नशा, ग्याष्ट्रिक, बाथ लगायत रोगका बिरामीलाई फाइदा पुग्ने बताइन्छ ।

तीन दिन तातोपानीमा स्नान गरेपछि अध्यक्षसहितको टोली भोलि साँझ राजधानी फर्कनेछ । राजधानी फर्कनु अघि भोलि अध्यक्ष प्रचण्डले स्थानीय पार्टी कार्यकर्ता, उद्योग व्यवसायी र अन्त्यमा संचारकर्मीहरुसँग भेटघाट र छलफल गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस !