चितवन, २८ कात्तिक । चितवन कम्युनिष्ट पार्टीका संस्थापक एक नेता र कम्युनिष्ट आन्दोलनका अग्रज व्यक्ति जगतबहादुर श्रेष्ठको नागरिक अभिनन्दन गरिएको छ । भरतपुर चितवन स्थित उद्योग वाणिज्य संघको सभाहलमा जगतबहादुर श्रेष्ठ नागरिक अभिनन्दन मूल समितिले नागरिक अभिनन्दन गरेको हो । उहाँकै निवास पुल्चोक नारायणगढबाट बाजागाजा सहितको शोभायात्रासहित श्रेष्ठको नागरिक अभिनन्दन गरिएको थियो । नागरिक अभिनन्दन मूल समितिका संयोजक यमुनाप्रसाद न्यौपानेले जगतबहादुर श्रेष्ठ सारै सरल, कम्युनिस्ट विचारधारा बोकेका एक असल र देशभक्त व्यक्ति भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सबभन्दा ठूलो उहाँको गहना भनेको देशभक्ति हो । त्यसको अलावा उहाँ सानैदेखि कम्युनिस्ट विचारधारामा लागेर हाल पनि क्रान्तिकारी विचारका धनी हुनु भएको थियो ।

नारायणगढको पुलचोकबाट सुरु हुने शोभा यात्रा उद्योग वाणिज्य संघको भवन नारायणगढमा पुगेर नागरिक अभिनन्दनमा परिणत भएको हो । ञ श्रेष्ठलाई नागरिक अभिनन्दन गरिने समारोहमा बरिष्ठ वामपन्थी व्यक्तित्व पुष्पगोपाल श्रेष्ठको प्रमुख अतिथि रहनु भएको थियो , नागरिक अभिनन्दन कार्यक्रममा प्रदेश सांसद मिलनबाबु श्रेष्ठ, विजय सुवेदी, नयाँ शक्ति पार्टी विष्णुहरि तिमिल्सिना, नेकपा लालबहादुर विसी, नेकपा क्रान्तिकारी माओवादीका अम्बिका मुडवरी, ईश्वरचन्द्र ज्ञवाली लगायतले मन्तव्य दिएका थिए । कार्यक्रममा विभिन्न व्यक्तिहरुले लेखेका जगत अभिनन्दन ग्रन्थ सार्वजनिक गरिएको थियो ।

श्रेष्ठ १९८६ साल कार्तिक २२ गते गोर्खाको जौबारीमा जन्मनुभएको हो । युवाअवस्थादेखि कम्युनिष्टमा लागेका श्रेष्ठ २०१५ सालको आम निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीको गोर्खाको उत्तरी क्षेत्रमा उम्मेदवार हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !