
चितवन,२८ कात्तिक । हिजो (मंगलबार) चितवन आएका पूर्व यूवराज पारस शाह आज ( बुधबार) पर्यटकिय नगरि सौरहामा पुगेका छन् । सौरेलीहरुले उनलाई भब्य स्वागत समेत गरेका छन ।
बुधबार चितवनका यूवा उद्यमी निर्देश सेढाई,सौराहाका पर्यटन व्यवसायी स्थानीयसँगै सौराहाको हात्तिचोक हुदै राप्ती किनारा साईट सम्म शाहले पैदल यात्रा गरेका थिए ।
विशेष गरि राजनितिक दलहरुले देशमा निराश बनाईरहेका बेला पछिल्लो समयमा पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता बढीरहरहेका छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृह जिल्लामा पूर्वयूवराज पारस शाहलाई भव्य स्वागत गरिनुले कतै राजतन्त्र नै फर्किने होकी भन्ने आम जनमासमा जिज्ञासा बढेको छ ।
शाहालाई सौराहाको हात्ती चोकमा हात्तीद्धारा माल्र्यापण परि बिभिन्न भेष भुषा,झाँकी, लगाएतको बिभिन्न सांगितिक माहोलमा स्वागत गरिएको थियो । शाह आज पर्यटकिय नगरि सौराहामा बस्ने छन् ।