– टंक कुवर –
धनगढी, १ मंसिर
धनगढीमा मृतक एक युवकलाई घिसार्दै लग्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन । शुक्रबार राती धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालय अगाडिको सडकमा मृतक युवकलाई घिसार्दै लगेको अवस्थामा गस्तीमा रहेको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

वडा नम्वर ४ कै २५ बर्षिय विजय थापालाई मृत अवस्थामा घिसार्दै लग्दै गरेकोबेला सोही ठाउँका आशिष सेठीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता एंव प्रहरी नायव उपरिक्षक हरिबहादुर ओलीले बताए ।
मृतक थापा रक्तमय अवस्थामा रहेको थियो । उनलाई सडकमा घिसार्दै लगेको बेला वडा प्रहरी कार्यालयको गस्ती टोलीले फेला पारी शब पोष्टमार्टमका लागि सेती अञ्चल अस्पतालमा राखिएको र सेठीलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको प्रवक्ता ओलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस !