हेटौंडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले र पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ( सिईओ ) सुशिल ज्ञवालीसंग पुननिर्माणका बिषयमा जानकारी लिनुभएको छ । सोमबार मुख्यमन्त्री पौडेल र सिईओ बीच भएको भेटवार्तामा पुननिर्माणमा भईरहेको प्रगतिका बिषयमा कुराकानी भएको थियो ।
मुख्यमन्त्री पौडेलले भुकम्पबाट क्षति भएका विद्यालय तथा स्वास्थ्य चौकीहरुको पुननिर्माण तिब्र गतिमा गर्नुपर्ने बताउनुभएको थियो । त्यसैगरी जाडो महिना सुरु भईसकेको भन्दै मुख्यमन्त्री पौडेलले भुकम्पपिडित परिवारलाई यथाशिघ्र घर निर्माण गरी पुनरबासको व्यवस्था गर्न आग्रह समेत गर्नुभयो ।
छिटो भन्दा छिटो भुकम्पबाट पीडितभएकाहरुको उचित व्यवस्थापन गर्न प्रदेश सरकारले पनि सहयोग गर्ने मुख्यमन्त्री पौडेलले बताउनुभयो । सिईओ ज्ञवालीले सकेसम्म कामलाई तिब्रता दिन लागिपरेको बताउनुभयो । बढिभन्दा बढि लाभग्राहिहरुलाई पुन स्थापना गराउन प्राधिकरणले कोशिश जारी राखेको पनि उहाँको भनाई थियो । प्रदेश सरकारले भूकम्पबाट ध्वस्त विद्यालयको भौतिक संरचना पुनर्निर्माण दुई बर्षभित्र सम्पन्न गर्न संघीय सरकार र स्थानीय सरकारसँग समन्वय गर्ने नीति तथा कार्यक्रममा उल्लेख समेत गरेको छ ।