मनहरी । मकवानपुर जिल्लको मनहरी गाउँपालिकाको वडा नम्बर ८ सिमपानीस्थित निर्माणाधीन पर्यटकीय क्षेत्र पिस पार्कमा फिलिपिन्सका राजकुमारी सोमबार आएकी छिन् ।
उनले उक्त पार्कको अवलोकन गर्नुका साथै मानसिक शान्ति सम्बन्धि प्रवचन सिमेत दिएकी छिन् ।
राजकुमारी मारिया लियोन टोरिसर्स र शान्तिदूत अफिनिता चाइचानाले ‘सकारात्मक चिन्तनले मानसिक शान्ति’ बिषययमा प्रवच दिएका थिए ।


ब्रह्मकुमारी राजयोग सेवा केन्द्र हेटौँडाको सहजीकरणमा बिगत तीन बर्षदेखि सिमपानी देवकोट संयुक्त सामुदायिक वन क्षेत्रमा पिस पार्क निर्माण भइरहेको छ ।

पिसपार्कभित्र ध्यान केन्द्र, पोखरी, गोलघर, प्रतिक्षालयहरु लगायत भौतिक पूर्वाधार धमाधम निर्माण भइरहेको मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताए ।
सात हेक्टर क्षेत्रमा फैलिएको पिस पार्क निर्माणको लागि मनहरी गाउँपालिका, स्थानीय सामुदायिक वन, तथा विभिन्न संघसंस्था र व्यक्तिहरुले आर्थिक लगानी गरेको उछ । पिसपार्कमा सोमबारै हेटौँडाका व्यवसायी ज्योतिरत्न बज्राचार्यले बुद्धको मुर्ति प्रतिस्थापना गरेका छन् ।
कार्यक्रममा तीन नम्बर प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ, नेपाली काँग्रेस तीन नम्बर संसदीय दलका नेता इन्द्र बानियाँ, प्रदेशसभा सदस्य मुनु सिग्देल,गिता वाग्ले लगायत उपस्थित रेहका थिए ।

प्रतिक्रिया दिनुहोस !